खनार / पछिल्लो समय व्याडमिन्टन खेल खेलाडीहरुको रोजाईको खेल बन्दै गएको छ । शारीरिक तन्दुरुस्तिका लागि खेलिने यो खेलप्रति सबैको रुचि र आकर्षण पनि बढ्दै गएको छ । ब्याडमिण्टन खेलको समग्र बिकास गर्ने उद्देश्यले यस खेलप्रति लागेकाहरु विभिन्न क्लव र ब्याडमिण्टन संघमा आवद्द हुने क्रम समेत जारी छ ।
यसै विच सुनसरीको खनार स्थित खेलप्रेमि युवाहरुले स्थानिय पुष्पनारायण चौधरीको अध्यक्षतामा ११ जना सदस्य रहनेगरी खनार ब्याडमिन्टर क्वल गठन गरेको छ । ब्याडमिण्टन खेलको बिकास र यस क्षेत्रका खेलाडीहरुलाइ एकसुत्रमा बाध्ने उद्देश्यले समिति गठन गरिएको हो ।
तदर्थ समितिको उपाध्यक्षमा इन्द्र कुमार सुब्बा,सचिवमा शेषकराम थानदार कोषध्यक्षमा श्याम कालिकोटे रहेका छन् । त्यसतै सदस्यहरुमा रोषन थापा,लखन लाल सरदार ,प्रदिप बस्नेत,नारायण गौतम,नारायण सुवेदी,भोला सुतिहार र अर्जुन कार्किरहेका छन ।
इटहरी १२ खनारका वडा अध्यक्ष भुवनराज पोख्रेलको अध्यक्षतामा भएको एक कार्याक्रमको भेलामा तदर्थ समिति गठन गरिएको हो । भेलामा अध्यक्ष चयन हुनु भएका पुष्पनारायण चैधरीले निजि क्षेत्रले खेलाडी र खेल क्षेत्रको बिकासका लागि ठूलो लगानी गरेको भएपनि ब्याडमिण्टन तथा अन्य खेल र खेलाडीको बिकासका लागि सरकारले खासै सहयोग नगरेका कारण समेत हामि सगंठित हुनु परेको बताउनु भयो ।
भेलामा वडाका अध्यक्ष भुवनराज पोख्रलले आफ्नो तहवाट सक्दो क्लवलाइ सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । यो क्लवले खनारमा निर्माणाधिन व्याडमिण्टन क्लवको भवन निर्माणमा सहजिकरण समेत गर्ने वडा अध्यक्ष पोख्रेलले बताउनु भयो ।
नेपालमा ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएको भएपनि वि.स.२००८ सालमा मात्र नेपाल ब्याडमिन्टन संघ स्थापना भएको थियो । नेपालमा व्याडमिन्टन खेलको इतिहास लामो भएपनि यस खेलको विकासमा राज्यले सोचेजस्तो विकास गर्न नसकेको खेलाडी र यस खेलको विकासमा लागेकाहरु बताउछन् ।

तपाईको प्रतिक्रिया