सुनसरी/इटहरीमा ‘कंग्रेस रन २०८१’ सम्पन्न भएको छ । महामानव विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसर पारेर आज नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)ले ‘कंग्रेस रन’ आयोजना गरेको हो ।
५ किलोमिटर पूरा गर्ने धावकहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । इटहरी ४ स्थित टेलिकम अगाडिबाट आँपगाछीस्थित पुरानो यातायात हुँदै पुनः टेलिकम नै पुगेर दौड समापन भएको थियो ।
दौड प्रतियोगितामा पुरुषतर्फ १४ मिनेट ५१ सेकेण्डमा ५ किमि पूरा गर्ने धनु मानन्धर प्रथम भए । यसैगरी १४ मिनेट ५२ सेकेण्डमा बिक्रम लिम्बू र १५ मिनेट १५ सेकेण्डमा ५ ओशन राईले किमि पूरा गर्दै क्रमशः द्धितीय र तृतीय भए ।
महिलातर्फ १९ मिनेट २५ सेकेण्डमा सुनकला राई, १९ मिनेट ४६ सेकेण्डमा इन्द्रकला लिम्बू र १९ मिनेट ५६ सेकेण्डमा एलिशा राईले ५ किमि दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय भए । पुरुष र महिलातर्फ विजेताहरूले जनही नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे ।

तपाईको प्रतिक्रिया