सुनसरी / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज सुनसरीमा समेत महिलाहरुले भव्यताका साथ मनाउदै छन् ।
जिल्लाको विभिन्न स्थानमा रहेको शिवालयहरुमा विहानैदेखी वर्तालु महिलाहरु पुजा गर्ने भिड देखिएको छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
त्यसतै सुनसरी,धरान,इटहरी,खनार,इनरुवा,दुहवीलगयातका स्थानहरुको चौक चौकमा वर्तालु महिलाहरुको नाच गानले तिज वर्तको रौनक थापिएको छ ।
नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा महिलाहरू सजिने गर्छन्‌ ।
तिजको अवसरमा सुनसरीको इटहरी,हरिनगरलयातका कतिपय स्थानिय पालिकाहरुले विदा समेत दिएका छन् ।

 

तपाईको प्रतिक्रिया