खनार । नेपाल रेडक्रस सोसाइटीले आज ६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपाल भर सोसाइटीले यो वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ स्थापना दिवस मनाएको हो ।
सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार छ सय १५ उपशाखा, एक सय २० सहयोग समिति र छ हजार नौ सय ३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेका छन् । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सदस्य संस्थाका रुपमा स्थापना भई देशभर नै मानवीय सेवाका काम गर्दै आएको छ ।
यसै विच नेपाल रेडक्रस सोसाइटि उपशाखा खनारले समेत विभिन्न कार्याक्रम गरी मनाएको छ । उपशाखाले रेडक्रसको चिन्ह अंकित झण्डा तोलन गरेको छ भने रेडक्रसका संस्थापक हेनरी डुनेंटको तस्वीरमा उपशाखाका सभापती सुर्यनारायण चौधरी,इटहरी उपमहानगरपालिका १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलले मल्याअर्पन गरेर यो दिवस मनाएका छन् ।
कार्याक्रममा उपसशाखा पदाधिकारीहरु,समाजसेवीहरुको उपस्थित रहेको थियो । यो उपशाखा नेपाल रेडक्रस सोसाइटी सुनसरीको उपशाखाहरु मध्ये उत्कृष्ट शाखामा समेत पर्दछ ।

 

तपाईको प्रतिक्रिया