राजविराज । प्रहरीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका (१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो ।

बँदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा अकाश यादव र नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी ज्ञानविक्रम शाह पक्राउ परेका छन् । यस्तै नेपाल प्रहरीका बहालवाला सई संजय न्यौपानेसमेत पक्राउ परेका छन् । न्यौपाने हाल मधेश प्रदेशको बर्दिबासमा कार्यरतत छन् ।

यसैगरी सप्तरीको तिहुत गाउँपालिका(२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी(२ का जनार्दन राउत, सुनसरीको इटहरी उपमहानगरपालिका(२० प्रदीप लिम्बु, राजविराज नगरपालिक( ७ का रविन दास, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका (५ का ओमशंकर प्रसैला, हनुमाननगर कंकालिनी नगरपालिका (१ का लक्ष्मण मण्डल र हनुमाननगर कंकालिनी नगरपालिका(३ पोर्ताहाका शंकर प्रसाद यादव पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुबाट २२ क्यालिवरको राइफल १ थान, राइफलको म्यागजिन २ थान, गोली १५ थान, वाइनाकुलर ३ थान, ट्राइपोटर्र १ थान, फलामको हटौडा १ थान, खुर्पा १ थान, प्रदेश ३(०१(०२२ च ६८५५ नम्बरको स्कारपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर १ थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकाहरुमाथि वन डिभिजनकोसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया