वराहक्षेत्र / वराहक्षेत्र नगरपालिका वडा नम्बर ७ स्थित लालिगुँरास बालविकास केन्द्रका बालवालिकाहरुले पोसाक तथा शैक्षिक सामग्री प्राप्त गरेका छन् ।
नारी श्रृजना कुञ्ज इटहरीले अयोजना गरेको पोसाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा  वराहक्षेत्र वडा नम्बर ७ का वडा अध्यक्ष कपिल आचार्य र आयोजक संस्थाका अध्यक्ष प्रतिक्षा प्राप्ती अधिकारीले सन्युत्त रुपमा समाग्रीहर वितरण गर्नु भएको थियो ।
सो वालविकास केन्द्रमा अध्यनरत करिव ३ दर्जन गरिव तथा जेहेनदार विद्यार्थिहरले पोसाक,कापि, कलमलगायतका शैक्षिक सामग्रीहरु प्राप्त गरेको नारी श्रजना कुञ्जकि अध्यक्ष प्रतिक्षा प्राप्ती अधिकारीले जानकारी दिनु भएको छ ।
पोसक तथा शैक्षिक सामग्री वितरण कार्याक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कपिल आचार्यले इटहरीवाट यस ग्रामिण क्षेत्रको वालविकास केन्द्रलाइ छनौट गरेर सहयोग गरेकोमा दाता संस्था प्रति कृतिज्ञ रहेको बताउनु भयो । अवका दिनहरुमा समेत संस्थाहरुको सहयोगको खाचो रहेको समेत उहाँले बताउनु भयो ।
त्यसतै अयोजक संस्थाका अध्यक्ष प्रतिक्षा प्राप्ती अधिकारीले गरिव तथा जेहेनदार विद्यार्थिहरुलाइ थोरै भएपनी सहयोग गर्नु पाएकामा आफुलाइ अत्मसन्तुष्टि मिलएको बताउनु भयो ।
सानैदेखी सहयोगी भावन भएकोले संस्था मार्फत अहिले महिला ससत्तिकरण र वालवालिकाहरुको विकासकालागी आफ्नो संस्था सदैव कृयाशिल रहेको समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया