सुनसरी
गायन रियालिटी शो ’द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्टमा छनोट भएकि  इटहरी निवासी  सिमला धितालको प्रचार प्रसारमा भोली इटहरीमा वृहत म्युजिक लाइभ सो गरिने भएको छ ।
आज इटहरीमा पत्रकार सम्मेलनको अयोजना गर्दै इटहरीको गहनाको रुपमा स्थापित हुन लागेको नवोदित गायिकाको रुपमा छवि वनाएकि  धितालको सम्मान रुवरुत सागिंतक कार्यंक्रम गर्न लागेको जनाएको छ ।
भोली मङ्गङ्गवार साझ ५ इटहरीको सगिंत चौकमा हुने लाइभ म्युजिक सोमा सिमलालगायत,वालकलाकार प्रित्तम आचार्य,रिजन डागिं,तेनिसा परियारलगायत अन्य कलाकारहरुको  समेत प्रस्तुती रहने बताएको छ ।
भ्वाइस अफ किड्स प्रतियोगिताको  फिनाले आगामी शनिबार हुँदैछ । जसमा आठजना प्रतिभामध्येबाट एकजनाले टाइटल जित्नेछन्।
’द भ्वाइस किड्स’ मा यसपटक झण्डै १७ हजार बालप्रतिभा डिजिटल अडिसनमा सहभागी थिए। त्यसबाट विभिन्न चरण पार गर्दै यो सिजन फाइनलसम्म आइपुगेको हो। शोमा ६ देखि १४ वर्षभित्रका बालबालिका सहभागी हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया