इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भव्यताका साथ ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । शुक्रबार दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले नै सांस्कृतिक कार्यक्रम तथा उराँवहरुको भेषभुषाको प्रदर्शनी गर्ने गरि दिवश मनाएइएको हो । दिवशमा गाउँका आदिवासी जनजातिहरुको नेतृत्वमा झाँकी सहितको ¥याली निकालिएको छ ।
गाउँपालिकामा रहेका उराँव, कुडुख र राई तथा मण्डल लगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर ¥याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका थिए । भोक्राहा नरसिंह गाउँपालिकाको आठ वटै वटामा रहेका २४ वटा टोलबस्तीका आदिवासीहरुले वटाबाट र चिरौली चौकबाट निकालिएको ¥याली नहर चौक, मण्डेला चौक जनता चौक हुदै भोक्राहा नरसिंह गाउँपालिका कार्यालय परिसरमा पुगेर मूल समारोहमा परिणत भएको थियो । ¥याली र मुल कार्यक्रममा एक हजार बढी आविबासीहरुको सहभागिता रहेको आयोजक भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिताकुमारी उराँवले जानकारी दिनुभयो । उरावँले ¥याली पछि उराँवहरुको मौलीक नृत्यको प्रतियोगिता समेत गरिएको बताउनुभयो । गाउँ क्षेत्रका २४ वटा समूहलाई सहभागिता गराएर सामुहिक मौलीक नृत्य गर्न लगाएको उराँवले बताउनुभयो ।
दिवशको अवसरमा आयोजित कार्यक्रमममा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, संविधान सभा सदस्य सूर्यदेव दास उराँव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, नेपाली काग्रेंसका नेता युवराज दाहाल, एमालेका उमेश मेहता, नेकपा माओवादी केन्द्रका श्यामदेव यादव, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे सहितले शुभकामना मन्त्वय राख्नुहुदै स्थानीय आदीवासी जनजातीको पक्षमा सहयोग गर्ने बताउनुभयो । उहाँहरुको दिशवको अवसरमा प्रदेश सरकारले विदा दिएकाले झनै सम्मान गरेको वत्ताहरुले बताउनुभयो । दिवशको कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उता शुक्रबार नै दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीको नेतृत्व तथा उराँव समुदायको अगुवाईमा भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौलीमा भव्य सांस्कृतिक कार्यक्रम गरि दिवश मनाएइएको छ । दिवशको कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले आफ्नो क्षेत्रको गाउँगाउँमा रहेका आदिवासी जनजातिहरुको हकहित र सम्मानका लागि प्रदेश सरकारले विदा दिएको चर्चा गर्नुहुदै दिवशले आत्मसम्मान गरेको बताउनुभयो । उहाँले गाउँमा रहेका उराँव सुमदायका स्थानीयले झाँकी सहितको ¥याली निकालिएको र फरक पहिरण तथा नृत्यले पहिचान दर्शाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया