केहि दिनदेखी चर्चाको विषय बनेको खनारको अस्थाइ ट्राफिक प्रहरी विट निर्माण उपभोत्ता समिति फेरी एक पटक विवादमा तानिएको छ ।
समितिका अध्यक्ष इश्वर तामाङ्ग र अग्नी फुयालले  भवन निर्माणमा मनपरी गरेको भन्दै समितिकै पदाधिकारीहरु विरोधमा उत्रिएपछि यो विवाद सुरु भएको हो । निर्माणका क्रममा खनार वासी र स्थानिय उधोगहरुवाट उठाइएको रकम र जिन्सी पारदर्सी नभएको भन्दै समितिका बहुमत सदस्यहरुले इटहरी वडा नम्बर १२ मा हिसावको लेखाजोखा हुुनु पर्ने माग राख्दै आएका छन् ।
भवन निर्माणकालागी स्थानिय व्यत्तिहरुले गरेको सहयोग भवनको उद्यघाटनका  वेला समेत अधिकासं सहयोगीहरुको नाम नियतवस छुटाइएको भन्दै कार्यक्रम स्थलमानै चन्दादाताहरुले विरोध जनाएका थिए ।
अध्यक्ष र सचिवद्धयको मनपरी भन्दै समितिका सदस्यहरुनै उनीहरुको भण्डाफोर अभियानमा लागेको हो । समितिका एक सदस्यले भने भवन निर्माणमा ढुङ्गा,गिट्टि,वालुवा र सिमेन्टको कुरा त सार्वजनिक भएकै हो । सहयोगका नाममा स्वस्तिक मैदा मिलवाट ल्याइएको पखां समेत गायव भएको छ । उधोगवाट हिडेको पखां ट्राफिक प्रहरी विट सम्म आइनपुग्दै वाटोवाटनै गायव भएको छ । यसको समेत हामि सोधीखोजी गरिरहेका छौ ।
चन्दादाताहरुको नाम शिलालेखमा आफुखुशी अध्यक्ष र सचिवले लेखेको भन्दै चार्को आलोचना हुन थालेपछि भवन उद्यघाटनको भोली पल्ट हतार हतार फ्लेक्स प्रिण्ट गरेर अन्य चन्दादातारुको नाम टासिएको थियो ।
सार्वजनिक काम समितिमा निर्णय गरेर गर्नु पर्ने भएप्नि सवै काम अध्यक्ष र सचिवको मिलोमतोमा भएको सदस्य हेमन्क कटेलले आरोप लगाएको छ । समितिको खनारमा व्यापक आलोचना हुन थालेपछि समितिका अध्यक्ष इश्वर तामाङ्गले शुक्रवार ३ बजे तिर हिवास सार्वनिक गर्ने भन्दै सामाजिक सञ्चालमा सुचना जारी गरेका छन् ।
तर समितिका कोषाध्यक्ष दिपक रसाइलीले आफ्लाइ कुनै पनी हर हिसाव जानकारी नभएको भन्दै कार्यक्रम वहिस्कार गरेको बताएका छन् । उनले हिसावं वडा कार्यालयको रहोवरमा सार्वजिक गर्नु पर्ने अडान लिएका छन्
त्यसतै समितिका अर्का सदस्य सचिन नेपालले समेत हिसाव सार्वजनिकका नाममा समितिले अझै बदमासी गरिरहेको बताएका छन् । यसले गर्दा उनीहरुको नियतमा समेत सकां उत्पन्न भएको नेपालले बताए ।
यता समितिका सचिव अग्नी फुयालले आफुले वारम्बार अध्यक्षलाइ समितिमा छलफल गरौ भन्दा अध्यक्षले वेवास्ता गरेको बताएका छन्् । समितिमा छलफल र कुनै पनी विषय माइनिटिङ्ग नभएको भन्दै सचिव फुयालले आफुसगं भएको हरहिसाव अध्यक्षलाइनै जिम्मा लगाएको बताएका छन /

तपाईको प्रतिक्रिया