इटहरी / काम गर्ने ढङ्ग नपुर्याउदा इटहरी १२ खनार स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट खनार भवन निर्माण उपभोत्ता समिति विवादमा तानिएको छ ।
कोशी राजमार्गको खनार स्थित काठ र टिनले बनाइएको ट्राफिक प्रहरीको अस्थाई विट कोशी राजमार्ग विस्तारका क्रममा भत्किने भएपछि  स्थनियले जनसहयोगमा पक्कि भवन वनाउने निर्णय गरेको थियो ।
ट्राफिककालागी निर्माण गर्ने भवनकालागी  इटहरी १२ का वडा अध्यक्ष भुवनराज पोख्रेलको उपस्थितीमा ७ सदस्यीय हुने गरी इश्वर तामाङ्गको अध्यक्षतामा एक समिति वनाएको थियो ।
सो समितिले झण्डै ८ महिना पछि यहि २०८१ साउन १६ गते वुधवारका दिन एक कार्यक्रमका विच भवनको समुदघाटन गरेको  छ । इटहरी १२ र १३ का वडा अध्यक्ष भुवनराज पोख्रेल र चन्देश्वर सरदारले सयुत्त रुपमा भवनको उद्यघाटन गरे ।
तर भवनको उद्यघाटनसंगै अध्यक्ष र समितिका केहि पदाधिकारीहरु विवादमा परे । समितिका अध्यक्ष इश्वर तामाङ्ग र सचिव अग्नी फुयालले एक पक्षिय ढङ्गले काम गर्दा समितिकै कोषाध्यक्ष र सदस्यहरुले विरोध गरे । त्यति मात्र हैन कार्यक्रम स्थलमा दाताहरु समेत असन्तुष्ट देखिए । निर्माण समितिको शिलालेखमा ५ हजार रुपैया दिनेको नाम लेखियो भने १२ हजार भन्दा वढिको समाग्री दिनेको नाम नियत वस नलेखिएको भन्दै इटहरी १३ का नयिव आलमले कार्यक्रम स्थलमानै आक्रोस पोखे ।
त्यसतै खनारका समाजसेवी तथा पुर्व प्रहरी नायव निरिक्षक सेशक थानदारले उद्यघाटन कार्यक्रममा वोल्दै रकम र जिन्सि दिएर सहयोग गरेका दाताहरुको अवमुल्यन भएको बताए । उनीहरुलाइ समितिले वोलाएर सम्मन समेत गर्न नसकेको भन्दै सहयोगी हातहरुको सम्मान गर्नु पर्ने बताए ।
शिलालेखमा समेत आफु खुशी नाम राखेको पाइएको छ । काम गर्नेको नाम नियतवस छुटाइएको छ । विट निर्माणमा अहोरात्र खटिएको ट्राफिक प्रहरी हवलदार ज्ञानसागर यादवको नाम शिलालेखमा नियतवस छुटाएको स्थानियले गुनासो समेत गरेका छन्
समितिका अध्यक्ष र सचिवले काम गर्दा कार्यसमितिलाइ पाखा लगाएको भन्दै समितिकै कोषाध्यक्ष दिपक रसाइलीले व्यापक सरसल्लाह नगरी हचुवाको भरमा जसले मदमासी गरे त्यसतैले जवाफ दिनु पर्ने बताए । कोषाध्यक्षलाइ समेत पाखा लगाएर एक्लौटि ढङ्गले काम गर्दा समितिको आर्थिक पारदर्सितामा समेत प्रश्न उठेको उनले बताए ।
कार्यक्रम स्थलमा सवै खर्चको विवरण नबुझाएका कारण समितिको आर्थिक गतिविधिमाथि समेत स्थानियले प्रश्न उठाएका छन् ।
अर्का सहयोगी प्रतिष्ठित व्यवसायी तथा समाजसेवी खगे्रेन्द्र श्रेष्ठले आर्थिक मन्दिका बावजुद समेत आफुले एक ट्याक्टर ईट्टा दिएको तर कतै नाम उल्लेख नभएको फेसवुकमा गुनासो पोखेका छन् ।
कतिपय दाताहरु कार्यक्रम स्थलमा आफ्नो नाम समेत नवोलाएर अपमान गरेको गुनासो समेत गरे । दाताहरु मात्र हैन राष्ट्रि« स्वतन्त्र पार्टि इटहरी १२ का सभापती प्रकास वस्नेतले समेत फेसवुक मार्फत निर्माण समितिको विवाद समाधान गर्न सुझाव दिएका छन् ।
समितिकै सदस्य हेमन्त कट्टेल र अर्का सदस्य प्रमोद नेपाल (सचिन)ले आफुहरुलाइ कुनै पनी सरसल्लाह नगरेकोले आफुहरु जवाफदेही नहुने बताएका छन् ।
इटहरी १२ खनारको पुर्व तर्फ ११ नम्बर वडा र पश्चिम तर्फ रहेको १३ नम्बर वडा रहेको छ । १२ र १३ को वडा अध्यक्षद्धारा भवनको उद्यघाटन गरेर ११ नम्बर वडाका वडा अध्यक्ष केशव कोइरालाको  अवमुल्यन समेत गरिएको कार्यक्रम स्थलमा प्रश्न उठेको छ ।
यता समितिका अध्यक्ष इश्वर तामाङ्गले ११ नम्बर वडा अध्यक्षको कुनै भुमिका नभएकोले वोलाउन जरुरी नसम्झेको बताएको बताए । त्यसतै कतिपय दाताहरुको नाम भुलवस छुटेको भन्दै सवैको नाम समितिमा छलफ गरेर पुन राख्ने प्रतिक्रिया दिएका छन् ।
समाजमा हुने यस्ता समाजिक काममा यथेष्ट सरसल्लाह नगरी आफ्नो घरको काम गरे जस्तो गैर जिम्वेवार हुदा यस्तो समस्या देखिएको आम मानिसको वुझाइ रहेको छ ।
फेसवुकमा देखिएको स्टाटस र विवादहरु

तपाईको प्रतिक्रिया