सुनसरी / इलाका प्रहरी कार्यालय इटहरी अन्तगरत खनार प्रहरी चौकिमा कार्यरत दुइ जना प्रहरी सहायक निरीक्षक (असइ) लाइ स्थानिले फुलमाला लगाएर भव्य विदाइ गरेका छन् ।
 खनार प्रहरी चौकिमा आज अयोजित फेरी भेटौला कार्यक्रममा खनार प्रहरी चौकिका प्रमुख तथा प्रहरी सहायक निरीक्षक प्रदिप प्रसाद र।जवंसी र सिआरभि प्रहरीका खनार प्रमुख प्रहरी सहायक निरीक्षक भुपेन्द्र भण्डललाइ स्थानियले अविर र खादा लगाएर विदाइ गरेका छन् ।
विदाइ कार्यक्रममा वोल्दै इटहरी उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अवधेश चौधरीले दुइ जना प्रसनीहरुको छ सात महिनाको कार्य अवधि सहयोगी र शान्तिसुरक्षामा सन्तोषजनक रहेको बताए । स्थानिय जनप्रतिनिधिहरुसगं प्रहरीले गरेको हातेमेलो आवका दिनमा समेत जारी रहने वडा अध्यक्ष चौधरीले बताउनु भयो ।
त्यसतै स्थानिय सडक पुल निर्माण इकाइका कोशी प्रदेश प्रमुख तथा नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाका अध्यक्ष सुर्य नारायण चौधरीले प्रहरी सहायक निरीक्षकद्धयको छोटो अवधि सकरात्मक रहेको बताउनु हुदै अवका दिनमा समेत प्रहरीहरु समाजमा शान्तिसुरक्षा कायम गर्न कटिवद्ध भएर लाग्नु पर्ने बताउनु भयो ।
विदाइ तथा स्वागत कार्यक्रममा नेपाली  कांग्रेश  इटहरी उपमहानगरपालिकाका सहसचिव इश्वर तामाङ्ग, नेकपा माओवादीका इटहरी १२ खनारका अध्यक्ष सचिन नेपाल,युवा नेता तथा समाजसेवी बावुराम न्यौपाने,संजय गौतम, विजय कर्ण,नयिम नेपालीलगायतका व्यत्तित्वहरुले मनतव्य राख्नु भएको थियो ।
खनार प्रहरी चौकिका प्रमुख तथा प्रहरी सहायक निरीक्षक राजवंसीले आफ्नो कार्यकालको सात महिने अवधिमा यस क्षेत्रको शान्तिसुरक्षा,अपराध नियन्त्रण र लागु औषध प्रयोगकर्ताहरुको नियन्त्रणको प्रयास गरेका थिए ।
प्रहरीको सरुवा एउटा प्रक्रिया भएकाले आफु जहाँ भएपनी आम नागरिकसगं मिलेर काम गर्ने प्रसनि राजवंसीले बताउनु भयो ।
पछिल्लो समय यस क्षेत्रमा चोरी डकैतिको हल्लाको वास्तवित्ताको समेत उनले सुक्षम अनुसन्धान गरिरहेका थिए । उनको यहि प्रतिवद्धताका कारण समेत स्थानिय केहि नेताको आखाँको तारो समेत वनेका थिए । सान तिना अपराध र लागु औषधमा चासो राख्ने स्थानिय केहि नेताहरुको दावावका कारण समेत प्रहरी सहायक निरीक्षक राजवंसी र मण्डलको छोटो अवधिमा सरुवा गरिएको स्रोतले दावी गरेको छ ।
यसै विच खनार प्रहरी चौकिको कमाण्ड  प्रहरी नायव निरीक्षक इन्त नाथ प्रधानले सम्हालेका छन् । लामो समय इटहरीमा वसेको र यस क्षेत्रको भुगोल वुझेको प्रनानि प्रधानले कमाण्डले साविक खनार क्षेत्रको शान्तिसुरक्षामा थप सुधार आउने स्थानिले अपेक्षा गरेका छन् ।
त्यसतै खनार सिआरभिमा प्रहरी साहयाक निरीक्षक आनन्द पोख्रेलले जिम्वेराी सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया