सुनसरी / पछिल्लो समय व्यवसायमा देखिएको सिथिलता कारण राजश्व सकंलनमा समेत प्रभाव परेको छ । जसका कारण आन्तरिक राजस्व कार्यालय इटहरीले आफ्नो लक्ष्य पुरा गर्न सकेन ।
कार्यालयको ०८० र ०८१ मा ५ अर्व ५१ करोड ६७ लाखका लक्ष्यमा ४ अर्व ६९ करोड ५० खाल रुपैया मात्र सकंलन गरेको छ । कार्यालयले कुनै पनी शिर्षकमा लक्ष्य अनुसारको राजश्व सकंलन गर्न सकेको छैन सवै भन्दा वढि अनन्त शुल्कवाट राजश्व सकंलन गरेको छ । अनन्त शुल्कको २ अर्व २८ करोड ८३ लाखको लक्ष्यमा १ अर्व ८७ करोड ४४ लाख राजश्व सकंलन हुदा कार्यालयले करिव ८२ प्रतिशत प्रगती गरेको आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख कर अधिकृत अर्जन कुमार न्यौपानेले जानकारी दिनु भएको छ ।
रकममा अनन्त सुल्कको अकं वढि देखिएपनी कार्यलयले प्रतिशतमा सवैभन्दा वढि आयकर सकंलन गरेको छ । आयकर तर्फ १ अर्व ५१ करोड ८६ लाखको लक्ष्यमा १ अर्व ४५ करोड ४६ लाख सकंन भइ ९६ प्रतिशत प्रगति देखिएको छ ।
त्यसतै भ्याट तर्फ १ अर्व ६१ करोड ११ लाखको लक्ष्यमा १ अर्व ३० करोड ५९ लाख राजश्व सकंलन गरेकोे छ । यो कार्यालयले यस वर्ष लक्ष्य अनुसारको राजश्व सकंलन गर्न नसकेपनी गत वर्षको भन्द १ सय १९ प्रतिशत वढि राजश्व उठाएको हो ।

तपाईको प्रतिक्रिया