सुनसरी / आँप उत्पादनकालागि अग्रणी मानिने सुनसरीमा यस  वर्ष आँपको उत्पादनमा उल्लेखनीय वृद्धि हुने भएको छ ।
 मौषम प्रतिकुलता तथा यो वर्ष आप फल्ने वर्ष भएकोले समेत आप उत्पादनमा २० देखी २५ प्रातिशत सम्म वृद्धि भएको छ ।
एक वर्ष फलफुल राम्रो फल्ने र अर्को वर्ष कम फल्ने हुन्छ । गत वर्ष आप र लिचिको कम उत्पादन भएको थियो भने यस वर्ष उत्पादन वर्ष भएकोले समेत आँप उत्पादन केहि वढि भएको जिल्ला कृषि ज्ञान केन्द्र सुनसरीका वागवानी प्रमुख प्रविण श्रेष्ठले जानकारी दिनु भएको छ ।
सुनसरीमा करिव १४  सय ९५ हेक्टरमा आपँ लगाइने गरिएको छ । गत वर्ष सुनसरीमा ३ हजार ५ सय ७० टन आपँ उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।
फलको राजा भनेर चिनिनेको माल्दह,वम्बे,कलकतिया,आम्रपालीलगायतका जातको आपँ सुनसरीमा उत्पादन हुने गरेको ज्ञानकेन्द्रले जानकारी दिएको छ ।  आप उत्पादन राम्रो भएपछि बजारमा अहिले उपभोत्ताले समेत केहि सस्तोमा आपँ खरिद गर्न पाएका छन् ।

तपाईको प्रतिक्रिया