सुनसरी /नेपाल कम्युनिष्ट पार्टि एमाले इटहरी नगरकमिटिले नवौ अधिवसनवाट अध्यक्षमा रुपेश वस्नेतसहित नयाँ कार्यसमिति चयन गरेको छ ।
असार १५ गते शनिवार भएको पार्टिको आन्तरिक निर्वाचनवाट तीन जना प्रतिस्पर्धीलाइ पराजितगर्दै रुपेश वस्नेतले १ सय ९७  मत ल्याएर अध्यक्षमा चयन भएको निर्वाचन समितिले घोषणा गरेका थियो । नवनिर्वाचित अध्यक्ष वस्नेतले १ सय १८ मतले प्रतिस्पर्धी अध्यक्षहरुलाइ पछि पारेका थिए ।
अध्यक्ष पदका दुइ दावेदार उमेश पोड्लले ६१ र सुजन लामाले  ७९ मत प्राप्त गरेका थिए । जम्मा ३ सय ५६ मत मध्ये ३ सय ४५ मत खसेको थियो ।
त्यसतै उपाध्यक्षमा जितेन्द्र थापा,सचिबमा मदन कार्की उप–सचिवमा तेज नारायण चौधरी र उप–सचिब(महिला तर्फ)रन्जु सिग्देल निर्वाचित भएको छ भने ८० जना उपमाहानगर कमिटि सदस्य चयन भएको नेकपा एमालेका जिल्ला सदस्य सुशिल शाहले जानकारी दिनु भएको छ । कार्यसमितिको कार्यकाल ३ वर्षको रहन्छ ।
पार्टीको आन्तरिक किचलोका कारण गत महिनादेखी वारम्बार निर्वाचन सर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया