सुनसरी / सुनसरीको धरान उपमहानगरपालिका विकट वठा २० नम्बरलाइ गुरासको जङ्गल बनाउने उदेश्यले वृहत गुरास फुलको विरुवा रोपिएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला लालीगुराँस संरक्षण अभियानमा सहभागिता जनाउदै आइतवार साझ धरान २० नम्बर वडाको बङ्सिलामा लालीगुराँस रोपेर अभियानको सुरुवात गर्नु भएको छ ।
नेपालमा पछिल्लो समय गुराको फुल लोप भइरहेको वेला यो सरंरण अभियानले गुराको क्षेत्रमा सहायोग पुर्याउने नेता कोइरालाले बताउनु भयो ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ ले लालिगुँरासको  अभियान थालनी गरेको हो । गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेमा समेत गुराँस मासिँदै गएपछि डाक्टर शेखरले चासो राख्नु भएको थियो ।
धरान उपमहानगरपालिका वडा नम्बर २० मा पर्ने बङ्सिला भौगोलिक रूपमा विकट मानिन्छ । भौगोलिक विकटताले डाक्टर शेखर निर्धारित कार्यक्रम स्थल सम्म पुग्न नसेपछि तल्लो क्षेत्रमा नै  गुराँसको बिरुवा रोपेर अभियानको उद्घाटन गर्नु भएको थियो । अभियान अन्तरगत यस क्षेत्रमा ६ सय २६ वटा विरुवा स्थानिय वासिन्दाहरुको सहयोगमा रोपिएको नेपाली काग्रेशका १ नम्बर क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिनु भयो । ्

तपाईको प्रतिक्रिया