सुनसरी / इस्लाम धर्मावलम्बीकोे महान चाड बकरीद (ईद उल अजहा) आजदखेी सुरु भएको छ ।
बकरीद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । आजदेखी सुरु भएको मुस्लिम समुदायको यो पर्व तीन दिन सम्म मनाइने नेपाल मुस्लिम इतिहात सगठनं नेपालका केन्द्रि महासचिव तैयव हुसेनले जाकारी दिनु भएको छ ।
बकरीदको अवसरमा सुनसरीको मुस्लिम वाहुल्य रहेको वषन्तपुर,भुटहा,दुहवी,खनार, छातावेलीका मुस्लिम वस्तीहरुमा छट्टै रौनक देखिएको छ भने यहाँका मस्जिदहरुमा विहानै देखी नवाज पढ्नेहरु घुइचो देख्न सकिन्छ ।
धार्मिक मान्यताअनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।
मुस्लिमहरुको यो महान चाड वकरीदको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

तपाईको प्रतिक्रिया