सुनसरी / बिमा कम्पनीहरुले समयमा दावि भुत्तानी नगरेको गुनासो आइरहदा सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा नम्बर ११ स्थित भुसकलुवामा दावी गरेको एक महिनामानै  पशु किसानलाइ दावी भुत्तानी गरिएको छ  ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक कार्यक्रममा बिमा कम्पनीले पिडित किसानलाइ दावी भुत्तानीको फाइल हस्तान्तरण गरेको हो  ।
करिव एक महिना अघि स्थानिय डम्बर प्रसाद सुवेदीको गाइ गोठमा       आगलागलागी भएको थियो । आगलागीमा गोठमा रहेका ११  वटा गाइ जलेर मरेका थिए । जस मध्ये ७ वटाको मात्र विमा गरिएको थियो ।
आगलागीमा परेर गाइ सगैं सुवेदीको गोठ समेत पुर्ण रुपमा नष्ट भएको थियो । गोठको बिमा भने गरिएको थिएन् । व्यवसायिक रुपमा गाइ पालन गर्दै आएका किसान सुवेदीले बिमा बापतकोे ५ लाख ३१ हजार रुपैया भुत्तानी आज प्राप्त गरेको छ ।
गाइ पालक किसानको समस्या केहि हद सम्म भएपनी सम्बोधन होस भनेर यथासाक्य भुत्तानीको व्यवस्था गरेको विमा कम्पनी दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड इटहरी शाखाका प्रवन्धक गणेश श्रेष्ठ बताउनु भयो ।
कार्यक्रममा वोल्नु हुदै प्रवन्धक श्रेष्ठले किसानले पशुको मात्र हैन गोठको समेत बिमा गर्नु पर्नेमा जोड दिनु भयो । जसले गर्दा भवित्वय घटना भइहाले किसानले पशुसगैं गोठको समेत बिमा दावी गर्न पाउने बताउनु भयो ।
त्यसतै कार्यक्रममा वोल्नु हुदै इटहरी ११ का वडा अध्यक्ष केशव प्रसाद कोइरालाले किसानले समयमानै बिमा रकम प्राप्त गर्नु भएकोमा विमा कम्पनीलाइ धन्यवाद दिनु हुदै स्थानिय सरकारले समेत किसानलाइ राहत हुने गरी अवको बजेटमा व्यवस्थाको पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा वोल्नु हुदै स्थानिय युवा चण्डि गौतमले किसानले समयमानै पाएको भुत्तानीले किसानलाइ थप उर्जा मिल्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया