सुनसरी / विश्व रक्तदाता दिवसको अवसरमा सुनसरीमा विविध कार्यक्रम गरी मनाइएको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाइटी खनार उपशाखाको सहयोगमा जूनियर रेडक्रस सर्कल शारदा मा वि.इटहरी– १२ खनारमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा यस क्षेत्रका ७ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । जस मध्ये हिमाली वोर्डिङ्ग स्कुल पहिलो भएको छ भने दोस्रो स्थान सन साइन वोर्डिङ्ग स्कुल हुन सफल भएको छ । त्यसतै तेस्रो स्थान आयोजक शारदा मावि भएको शारदा माविका जुनियर रेडक्रस सोसाइटीका सभापती निरश भट्टराईले जानकारी दिनु भएको छ ।
विजेता समुहहरुलाइ प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा १२ न वडा अध्यक्ष भुवन राज पोखरेल, विशिष्ट अतिथि रेडक्रस उपशाखा खनारका सभापती सूर्य नारायण चौधरी , उपशाखाका सचिव तेजेन्द्र कार्कि,सुरेन्द्र प्रसाद वास्तोला विद्यालयका प्रधानाध्यापक पिताम्बर सिंह राई , शिक्षक नायक दिनेश कुमार चौधरीलगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया