सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकामा करेण्ट लागेर एक जना युवकको ज्यान गएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ६ स्थित एक घरमा काम गर्न आएका गढि गाउँपालिका घर भएको २४ वर्षिय मोहम्बर अफरोजको करेण्ट लागेर मत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
दुहवीमा ग्रिल व्यवसाय गर्दै आएका युवा आज विहान इटहरीमा काम गर्न आएका थिए । घरको माथिल्लो तल्लावाट फर्निचरको समाग्री तल झार्ने वेलामा सडकमा रहेको हाइटेस्न लाइनको तारमा अचान छोइएपछि युवकलाइ करेण्ट लागेको थियो । उनको घटना स्थलमानै मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया