सुनसरी /महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गर्न सुनसरीको विभिन्न स्थानमा रहेको शिवालयहरुमा विहानै देखी भत्तजनहरुको घुइचो लागेको छ ।
जिल्लाको धरान स्थित पिण्डेश्वर मन्दिर,खनारको स्र्वेशर शिव मन्दिर तथा दुहवीको शिव मन्दिरमा विहानैदेखी भत्तजनहरुको घुइचो देखिएको छ । आजकै दिन दुहवीको १० नम्बरको चरैयामा रहेको शिव मन्दिरमा वृहत मेलाको आयोजना गरिएको छ ।
महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज हिन्दु धर्मालम्बी रहेका हरेक ठाऊँमा मनाइने गरिन्छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो ।
सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएको मानिन्छ । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन् । यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ ।

तपाईको प्रतिक्रिया