सुनसरी / माओवादी केन्द्रको इटहरी १२ खनार वडा समितिले २९औँ जनयुद्ध दिवसको अवसरमा मंगलबार खनार शिव मन्दिर अगाडि दीप प्रज्वलन गरेको छ । सो अवसरमा माओवादी केन्द्रको इटहरी नगरकमिटि इन्चार्ज मदन चुडालले जनयुद्धकै कारण मुलुकमा एतिहासिक परिवर्तन भएको बताउनु भयो ।
‘जनयुद्धकै जगमा बनेको संविधानले आज नेपाली जनतालाई स्वतन्त्रता प्रदान गरेको छ,’यसैको जगमा उभिएर जनप्रतिनिधिहरु निर्वाचित भएका छन तर जनयुद्धलाइ जनयुद्ध भन्न हच्किएको प्रति नेता चुडालले आक्रोस समेत पोख्नु भयो ।
उहाले जनयुद्धलाई आतंकवाद र आफ्नो देशकै दाजुभाइविरुद्ध लड्ने युद्ध हो भनेर कुप्रचार भइरहेकोमा आपत्ति जनाउनु भयो । यहि जनयुद्धका कारण मुलुकमा मजदुर,गरिव,दलित र अल्पशख्यकहरु आफ्नो अधिकार स्थापित गर्न सफल भएको समते उहाँले बताउनु भयो ।
त्यसतै कार्यक्रममा इटहरी १२ का वडा समिति अध्यक्ष सचिन नेपाल,मजदुर नेपाल भानु मैनाली तथा माओवादीका युवा नेता दिपक रसाइलीले समेत मनतव्य राख्नु भएको थियो । दिप प्रज्वलन कार्यक्रममा खनार र आसपासका मादोवादी कार्यकर्ता तथा सर्वसाधारण व्यत्ति र सुरक्षाकर्मिहरुको सहभागिता समेत रहेको थियो ।

तपाईको प्रतिक्रिया