सुनसरी
डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले लाइन काटेपछि उद्योग बन्द भएर रोजगार गुमेको भन्दै सुनसरीको इटहरी १२ खनार स्थित रिलायन्स स्पिनिङ मिल्सका मजदुर आन्दोलित भएका छन् ।
गएको दुइ साता अघि प्राधिकरणले विद्युत् लाइन काटेपछि उद्योग पूर्णरुपमा ठप्प भएर मजदुर बेरोजगार भएको र विद्युत् अभावमा उद्योग परिसरमा खानेपानीको समेत समस्या भएको हो । सरकारले तत्काल लाइन दिएर उधोग चलाउने बातावरण बनाउनु पर्ने आन्ँदोलित मजदुरहरुको माग रेको छ । काम विहिन भएपछि मजदुरहरु ६ दिनदेखि निरन्तर उधोगको मुल गेटमा धर्ना दिदै आएका छन भने विरोध रयाली समेत दैनिक निकाल्दै आएका छन् । सघिंय समाजवादी ट्र«ेड युनियनका सुनसरी जिल्ला अध्यक्ष तथा उधोगका मजदुर अमरलाल यादवले जानकारी दिनु भएको छ ।
धागो उत्पादन गर्ने मुलककै अग्रणी उधोग मानिने यो मिलमा १ हजार ६ सय महिलासहित ४ हजार मजदुर कार्यरत छन् ।
रिलायन्सका मजदुरको सडक आन्दोलनमा जुट गार्मेन्ट कार्पेट टेक्सटायल यूनियन, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र समाजवादी कारखाना श्रमिक संघले ऐक्यबद्धता जनाएका छन् । प्राधिकरणले विद्युत् लाइन जडान नगरेसम्म आन्दोलन जारी रहने मजदुर नेताहरुले बताएका छन् । उद्योगलाई विद्युत् देउ या रोजगार खोसिएका मजदुरलाई रोजगारी देउ’ भन्ने प्रमुख प्रमुख माग उनीहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया