पुर्व राजा ज्ञानेन्द्र सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरी फर्किए !

पुर्व राजा ज्ञानेन्द्र सुटुक्क विराटनगरमा, काली मन्दिरको दर्शन गरी फर्किए !
इटहरी /पूर्व राजा ज्ञानेन्द्र शाहले आज विराटनगरस्थित प्रसिद्ध काली मन्दिरको शान्त रूपमा दर्शन गरेका छन्। राजावादी कार्यकर्ता तथा सुरक्षाकर्मीलाई समेत पूर्व जानकारी नदिई उनी सुटुक्क मन्दिर पुगेका हुन्। पूर्व राजा मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित पुजारीहरू भने उपस्थित थिए। मन्दिर परिसरमा प्रवेश गरेपछि उनले विधिपूर्वक पूजा–आराधना गरेका थिए। पूर्व राजा मन्दिरमा प...

रवि–बालेन सहकार्यपछि हर्क साम्पाङ असन्तुष्ट, एकै दिन ४२ फेसबुक स्टाटस !

रवि–बालेन सहकार्यपछि हर्क साम्पाङ असन्तुष्ट, एकै दिन ४२ फेसबुक स्टाटस !
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच राजनीतिक सहकार्यको सहमति सार्वजनिक भएसँगै धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ खुला असन्तुष्टि व्यक्त गर्दै आएका छन्। आइतबार बिहानदेखि नै साम्पाङ सामाजिक सञ्जालमा आक्रोशित देखिएका छन्। उनका शब्दहरूमा कुनै कूटनीतिक नरमपन देखिँदैन, बरु लगातार आक्रमक...

टेग्रा खोला सफाइका नाममा निजी जग्गामा डोजर चलाएको मुद्दामा जनताको पक्षमा फैसला !

टेग्रा खोला सफाइका नाममा निजी जग्गामा डोजर चलाएको मुद्दामा जनताको पक्षमा फैसला !
इटहरी । इटहरी उपमहानगरपालिकाले तालतलैयादेखि खनार क्षेत्रसम्म टेग्रा खोला सफाइ अभियान सञ्चालन गर्ने क्रममा निजी जग्गामा डोजर चलाएको विषयमा परेको मुद्दामा उच्च अदालत विराटनगरले जनताको पक्षमा फैसला गरेको छ। अदालतले तत्कालका लागि कुनै पनि प्रकारको सफाइ कार्य नगर्नु तथा आम नागरिकका घर–टहरा नभत्काउन निषेधाज्ञा जारी गरेको छ। उपमहानगरपालिकाले बाढी नियन्त्रण, खोला व्यवस्थापन र सहरी सौन्दर्यीकरणको उद...

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने !

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने !
इटहरी। देशका तराई भू–भागमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सक्रिय मौसम प्रणाली कमजोर रहेकाले आगामी तीन दिनसम्म हुस्सु र कुहिरो हट्ने उल्लेख्य सम्भावना छैन । विभागले जारी गरेको बुलेटिनअनुसार कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा बिहान र बेलुकी बाक्लो हुस्सु तथा कुहिरो देखिने क्रम जारी रहनेछ । विश...

इटहरी उपमहानगरको कडा एक्सन : अलपत्र योजना छाड्ने ठेकेदारलाई १५ दिने अल्टिमेटम !

इटहरी उपमहानगरको कडा एक्सन : अलपत्र योजना छाड्ने ठेकेदारलाई १५ दिने अल्टिमेटम !
इटहरी :विकास निर्माणका महत्त्वपूर्ण योजनाहरू अधुरो छाडेर ठेकेदारहरू सम्पर्कविहीन बनेपछि इटहरी उपमहानगरपालिकाले कडा कदम चालेको छ। पटक–पटकको ताकेता र सार्वजनिक सूचना बेवास्ता गरेपछि उपमहानगरले ७ वटा निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको हो। उपमहानगरका अनुसार तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ अनुसार सम्बन्धित ठेक...

वन क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएको अवैध रेस्टुरेन्ट भत्काइयो !

वन क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएको अवैध रेस्टुरेन्ट भत्काइयो !
सुनसरी । सुनसरीको धरान–१५ स्थित बाझगरा सामुदायिक वनसँग जोडिएको धार्मिक वन क्षेत्रमा नियमविपरीत सञ्चालन हुँदै आएको अवैध रेस्टुरेन्ट अन्ततः बन्द गरिएको छ। वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू जिल्ला वन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले सोमबार भत्काइदिएको हो। धरानको महादेवचोकदेखि पानबारी जाने मदन भण्डारी राजमार्ग नजिकैको धार्मिक वन क्षेत्रमा स्थानीय कल्पना र...

क्यासिनो खेल्न ‘भारतीय’ बनेर छिर्छन् नेपाली !

क्यासिनो खेल्न ‘भारतीय’ बनेर छिर्छन् नेपाली !
विराटनगर । विराटनगरका तारे होटलभित्र सञ्चालनमा रहेका क्यासिनोहरू विदेशी पर्यटक आकर्षित गर्ने थलोभन्दा पनि नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई आर्थिक रूपमा कंगाल बनाउने अखडा बनेको तथ्य सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरी प्रमुख एसपी कोवित कटुवालको नेतृत्वमा आइतबार गरिएको संयुक्त छापापछि यस्तो वास्तविकता उजागर भएको हो। उक्...

एसेज्वाओद्वारा इलाका प्रहरी कार्यालय इटहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण !

एसेज्वाओद्वारा इलाका प्रहरी कार्यालय इटहरीलाई मेलमिलाप प्रतिक्षालय हस्तान्तरण !
इटहरी । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZWAO ले इलाका प्रहरी कार्यालय इटहरीको प्रांगणमा करिब ४ लाख रुपैयाँको लागतमा निर्माण गरेको मेलमिलाप प्रतिक्षालय आज औपचारिक रूपमा हस्तान्तरण गरेको छ। ASEZWAO विश्वव्यापी स्वयंसेवक अभियान सञ्चालन गर्दै आएको संस्था हो। ASEZ को अर्थ Save the Earth From A to Z अर्थात् पृथ्वीलाई सुरुदेखि अन्त्यसम्...

विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा !

विराटनगरका दुई क्यासिनोमा प्रहरीको ‘मिडनाइट’ छापा !
विराटनगर । नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको क्यासिनोमा लुकिछिपी जुवा खेलाइँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले विराटनगरका दुई क्यासिनोमा मध्यराति छापा मारेको छ। उक्त कारबाहीमा क्यासिनोका महाप्रबन्धक र व्यवस्थापकसहित २० जना नेपाली नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार आइतबार राति करिब ११ बजे विराटनगरस्थित बिग होटल भित्र सञ...

खनारमा निःशुल्क आँखा शिविर सम्पन्न, सयौँ नागरिक लाभान्वित !

खनारमा निःशुल्क आँखा शिविर सम्पन्न, सयौँ नागरिक लाभान्वित !
सुनसरी । नेपाल रेडक्रस सोसाइटी खनार उपशाखा र तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको आयोजनामा खनारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविर मिति २०८१ पुस ४ गते खनारमा सञ्चालन गरिएको हो। शिविरमा खनार तथा आसपासका क्षेत्रका २५० जना भन्दा बढी नागरिकले आँखा परीक्षण सेवा लिएका छन्। परीक्षण गरिएका मध्ये आँखासम्बन्धी समस्या देखिएका बिरामीलाई आवश्यक परामर्शका साथै औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएक...