करिब चार करोड लागतको भवन इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण !

करिब चार करोड लागतको भवन इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण !
सुनसरी ।सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित खनारमा संघीय शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत करिब चार करोड रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको भवन तथा पूर्वाधार आज औपचारिक रूपमा इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्रकुमार शाहले एक विशेष कार्यक्रमबीच इटहरी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष भुवनराज पोख्रेलल...

तेस्रो देशको गुणस्तरीय कोइला भारतमा बेचेर नेपालमा नक्कली कोइला तस्करी !

तेस्रो देशको गुणस्तरीय कोइला भारतमा बेचेर नेपालमा नक्कली कोइला तस्करी !
सुनसरी । तेस्रो देशबाट आयात गरिएको उच्च गुणस्तरको कोइला भारतमै बिक्री गरी नेपालमा गुणस्तरहीन कोइला भित्र्याइएको भन्दै कोसी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घले गम्भीर आपत्ति जनाएको छ। सङ्घले भारत–नेपाल कोइला आयात प्रक्रियामा व्यापक अनियमितता, तस्करी र गुणस्तरहीन कोइलाको कारोबार भइरहेको दाबी गर्दै आज आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। सङ्घका अनुसार सुनसरी र मोरङका इँटा उद्योग तथा सप्...

खनारमा पार्किङ शुल्कलाई लिएर अनावश्यक विवाद, समिति र स्थानीयको स्पष्टिकरण ! आज एकै दिन १० हजार हजारबढी आन्तरिक पर्यटकको घुइँचो

खनारमा पार्किङ शुल्कलाई लिएर अनावश्यक विवाद, समिति र स्थानीयको स्पष्टिकरण ! आज एकै दिन १० हजार हजारबढी आन्तरिक पर्यटकको घुइँचो
इटहरी,   इटहरी उपमहानगरपालिका–११ स्थित खनार पर्यटकीय क्षेत्रमा लागु गरिएको पार्किङ शुल्कलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक विवाद सिर्जना गरिएको भन्दै सम्बन्धित पक्षले आपत्ति जनाएको छ। खनार क्षेत्रमा पार्किङ शुल्क इटहरी उपमहानगरपालिका तथा वडा नं. ११, १२ र १३ का वडाध्यक्षहरूको पहलमा उपभोक्ता समिति गठन गरी समितिकै निर्णय अनुसार निर्धारण गरिएको स्पष्ट पारिएको छ। शुल्क कुनै व्यक्तिको व्य...

इटहरी–बुढीखोला–झरना (खनार) विकासले लियो औपचारिक गति, समिति गठनसँगै काम सुरु

इटहरी–बुढीखोला–झरना (खनार) विकासले लियो औपचारिक गति, समिति गठनसँगै काम सुरु
इटहरी। इटहरी–बुढीखोला–झरना (खनार) क्षेत्रको संरक्षण, व्यवस्थापन र पर्यटन विकासका लागि  समिति गठन गरिएको छ। समिति गठनसँगै उक्त क्षेत्रको विकास कार्यले अब औपचारिक र व्यवस्थित रूप लिएको छ। समिति गठनअघि नै रंगरोगन (कलर) को काम सुरु भइसकेको थियो भने गठनको दिनमै काम गरेर देखाउने प्रतिबद्धता व्यवहारमै उतारिएको छ। आज बसेको बैठकले पदाधिकारी चयन गर्दै तत्काल काम सुरु गरेको हो। समितिको अध्यक्षमा सुरेन्द्...

इटहरी–११ खनारको बुढी झरना ड्याम : वर्षौँदेखि लुकेको ‘इन्जिनियरिङ मार्भेल’, पर्यटनको अपार सम्भावना

इटहरी–११ खनारको बुढी झरना ड्याम : वर्षौँदेखि लुकेको ‘इन्जिनियरिङ मार्भेल’, पर्यटनको अपार सम्भावना
इटहरी / इटहरी उपमहानगरपालिका–११ स्थित खनारको सिमरबना झरनामा रहेको बूढीखोलाको बाँध अद्भुत इन्जिनियरिङ कला र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा पछिल्लो समय चर्चामा आएको छ। संरचनागत डिजाइन, बहुस्तरीय कन्क्रिट स्ल्याब र नियन्त्रित जलप्रवाहका कारण यसलाई ‘इन्जिनियरिङ मार्भेल’ भन्न सकिने जानकारहरूको भनाइ छ। खनार बजारबाट पूर्वतर्फ चतरा नहरसँगै जोडिएको करिब २ हजार ९०० मिटर दूरीमा अवस्थित सिमरन झर...

एमालेको ‘लालकिल्ला’ दमकमा युवा संघको नेतृत्व नै बालेनको पक्षमा

एमालेको ‘लालकिल्ला’ दमकमा युवा संघको नेतृत्व नै बालेनको पक्षमा
इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा निर्वाचन क्षेत्र दमकमा एमालेले गम्भीर राजनीतिक धक्का बेहोरेको छ। एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष, सचिव र उपाध्यक्षले एकैसाथ पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवार बालेन शाहको पक्षमा उभिने घोषणा गरेका छन्। युवा संघ दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा, सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विज...

कमल गाउँपालिकाका कांग्रेस सचिव महेन्द्र बुढाथोकी रास्वपामा प्रवेश

कमल गाउँपालिकाका कांग्रेस सचिव महेन्द्र बुढाथोकी रास्वपामा प्रवेश
इटहरी /  झापा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली कांग्रेस कमल गाउँ कार्यसमितिको सचिव पद तथा पार्टीको साधारण सदस्यसमेतबाट राजीनामा दिएको जानकारी गराएका हुन्। उनले आफ्नो राजीनामाबारे सम्बन्धित पार्टी सभापतिलाई औपचारिक रूपमा अवगत गराइ...

सुनसरी–३ बाट एमालेकी भगवती चौधरीको उम्मेदवारी दर्ता, जनमुखी नेतृप्रति व्यापक भरोसा

सुनसरी–३ बाट एमालेकी भगवती चौधरीको उम्मेदवारी दर्ता, जनमुखी नेतृप्रति व्यापक भरोसा
सुनसरी । पूर्व मन्त्रीसमेत रहनुभएकी नेकपा (एमाले) की अनुभवी, सक्षम तथा जनप्रिय नेतृ भगवती चौधरीले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसक्नुभएकी चौधरी लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय रहँदै संगठन निर्माण, जनसम्पर्क विस्तार र नीतिगत बहसमा उल्लेखनीय योगदान पुर्‍याउ...

काँग्रेसले सुनसरी–३ मा वेद नारायण गच्छादारलाई दियो टिकट

काँग्रेसले सुनसरी–३ मा वेद नारायण गच्छादारलाई दियो टिकट
दुहबी, माघ ६ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छादारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली काँग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले पार्टीको तर्फबाट उम्मेदवार गच्छादारको नाममा आधिकारिक हस्ताक्षर सहितको टिकट हस्तान्तरण गरेका हुन्। यससँगै केही समययता विभिन्न सञ्चारमाध्यममा ...

सुनसरी–४ मा एमालेको उम्मेदवार फेरबदल, जगदीशको स्थानमा अब्बुल अन्सारीलाई टिकट !

सुनसरी–४ मा एमालेको उम्मेदवार फेरबदल, जगदीशको स्थानमा अब्बुल अन्सारीलाई टिकट !
इटहरी  । नेकपा एमालेले सुनसरी क्षेत्र नं. ४ मा उम्मेदवार परिवर्तन गर्दै अब्बुल अन्सारीलाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ। यसअघि सो क्षेत्रबाट जगदीश कुसियैतको नाम क्षेत्रीय तथा जिल्ला कमिटीबाट एकल रूपमा सिफारिस भएको थियो। अब्बुल अन्सारी यसअघि नेपाली कांग्रेसबाट सोही क्षेत्रका लागि उम्मेदवार बन्ने तयारीमा थिए। कांग्रेसबाट टिकट नपाएपछि उनी एमालेमा प्रवेश गरेका हुन्। एमाले नेतृत्वले अन्तिम निर्ण...