जनयुद्ध दिवसमा खनारमा दीप प्रज्वलन !
सुनसरी / माओवादी केन्द्रको इटहरी १२ खनार वडा समितिले २९औँ जनयुद्ध दिवसको अवसरमा मंगलबार खनार शिव मन्दिर अगाडि दीप प्रज्वलन गरेको छ । सो अवसरमा माओवादी केन्द्रको इटहरी नगरकमिटि इन्चार्ज मदन चुडालले जनयुद्धकै कारण मुलुकमा एतिहासिक परिवर्तन भएको बताउनु भयो ।
‘जनयुद्धकै जगमा बनेको संविधानले आज नेपाली जनतालाई स्वतन्त्रता प्रदान गरेको छ,’यसैको जगमा उभिएर जनप्रतिनिधिहरु निर्वाचित भएका छन तर जनयुद्धलाइ...