सुनसरी / वढ्दो लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न सुनसरीको धरान उपमहानगरपालिकामा प्रहरीले तालिम प्राप्त कुकुरबाट सुरक्षा चेकिङमा गर्न थालेको छ ।
 दसैलगायतका चाडवाड ं सुरु भएसँगै अपराधजन्य घटना घट्न नदिनका लागि सुरक्षामा कडाइ गरिएको हो धरान उपमहानगरपालिका लागुऔषध कारोवार,प्रयोगमा पुर्वमा सवेंदशिल पालिकामा पर्दछ । त्यसतै चाडावाडको मोका छोपेर पटकालगायतका विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै कोशी प्रदेशमा सवै भन्दा वढि कडाइ यस पालिकामा गरिएको इलाका प्रहरी कार्यालय धरानका डिस्पी प्रकास जबेगुले जानारी दिनु भएको छ ।
चेकजाचकालागी कोशी प्रदेश कार्यालय विराटनगरबाट दुइटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र धरानका शंकास्पद स्थानमा सुरक्षा चेकिङलाई अगाडि बढाइएको हो । दुइवटा कुकुर मध्ये एउटा लागुऔषधी अर्को कुकुर विस्फोटक पदार्थ पहिचानमा तालिम प्राप्त रहेका छन ्।
अन्यपालिकावाट धरानमा प्रवेश गर्ने चारवटा नाका तिनकुने, पानमारा,रेल्वे र अमरहाटमा प्रहरीले पुर्णरुपमा कडाइ गरेको छ भने सकांस्पद स्थानमा सरप्राइज चेकजाच गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया