खनार । इटहरी उपमहानगरपालिका वडा नम्बर १२ खनारमा लगाइएको दुर्गा पुजा स्थलमा चोरी भएको छ ।
खनार चौकमा रहेको शर्वेश्वर शिव मन्दिर अगाडि लगाइएको दर्गा पुजा स्थलमा हिजो शनिवार साझ चोरी भएको पुजा समितिका अध्यक्ष रम्भु शर्माले जानकारी दिनु भएको छ ।
साझ वत्ति गएको समयमा पुजा स्थलमा राखिएको दुइवटा तामाको घटा मध्ये एउटा घडा चोरि भएको हो । शनिवार खनारको साप्ताहिक बजार समेत लाग्ने भएकोले विषेश भिडभाडको मौका छोपेर चोरले घडा चोरेको हुन सक्ने स्थानियले आंशका गरेका छन् ।
चोरीको विषयमा स्थानिय प्रहरीलाइ खवर गरि सकिएको पुजा समितिका अध्यक्ष शर्माले जानकारी दिनु भएको छ ।
खनार चौक क्षेत्रमा बारम्बार विभिन्न समाग्रीहरु चोरी हुदै आएको छ । चौकमा राखिएको सिसि क्यामेराले काम नगर्दा यस्ता खाले चोरीमा निगरानी गर्न समेत कठिनाइ हुदै आएको छ ।

तपाईको प्रतिक्रिया