सुनसरी /जिल्ला प्रशासन कार्यालय सुनसरीले  पक्राउ गरेका इटहरी स्थित यातायात व्यवस्था कार्यालयका  सवै विचौलिायहरुलाइ आज धरौटिमा रिहा गरेको छ ।
अभद्र व्यभारको मुद्धामा दायर गरेको १५ जना विचौलियालाइ आज जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही १० हजार रुपैयाका दरले रिहा गरेको हो ।
सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली डाक्टर सहित १५ जनालाई सेवाग्राही ठगेको आरोपमा गएको बुधवार दिउसो नियन्त्रणमा लिइएको थियो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–८ घर भई इटहरी–१३ शान्ति चौक बस्ने २४ वर्षीया सकुन राई, इटहरी–१२ खनार बस्ने २४ वर्षीया मनिका गिरी, इटहरी–९ बस्ने २५ वर्षीय सन्दिप श्रेष्ठ, सप्तरी राजगढ–४ घर भई हाल इटहरी–९ बस्ने ४४ वर्षीय प्रशान्त शाह, उदयपुर गाईघाट घर भई इटहरी–२ बस्ने १९ वर्षीय महेश राई, इटहरी–४ का ३४ वर्षीय देवेन्द्र बस्नेत, मोरङको बुढीगंगा–२ टंकीसिनुवारी बस्ने ३२ वर्षीय शुसिल शाह रहेका छन् ।
त्यसतै उदयपुर नगरपालिका–३ का २३ वर्षीय संयोग राई, इटहरी–१ का ३७ वर्षीय प्रगति खतिवडा, सुनसरीको रामधुनी–१ बस्ने ३८ वर्षीय किरणकुमार चौधरी, मोरङको रंगेली–९ का ३३ वर्षीय दुर्गाप्रसाद भट्टराई, इटहरी–४ का ३९ वर्षीय मोहन बास्तोला, १९ वर्षीय सफल राई, इटहरी–५ का १९ वर्षीय अजित खवत्तरी र भोजपुर घर भई इटहरी–२० बस्ने युवराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया