सुनसरी / तराईका आदिवासी थारू तथा मधेशी समुदायका महिलाहरूले मनाउने जितिया पर्वको आज सुनसरी जिल्लाको विभिन्न स्थानमा रौनक देखिएको छ ।
सन्तानको दीर्घायु, सुख, समृद्धि र मनोकामना पूर्ण गराउन तराईका आदिवासी थारू तथा मधेशी समुदायका महिलालहरुले नदी, तलाउमा नुहाएर जितमहानको पूजा गरी जितिया मनउने गर्दछन ।
यसैको अवरमा आज सुनसरीको इनरुवा,झुम्का,इटहरी,खनार,दुहवीलगायतका स्थानमा विभिन्न कार्याक्रम गरी मनाइएको छ । जितियाको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रहरुको अयोजना गरिएको छ ।
जितियामा छोरी, चेली दिदीबहिनिहरू माइतमा आएका छन् भने माइत आउन नसक्नेहरू घरमै जितियाको ब्रत मनाउने गर्दछ ।

तस्वीरमा तिजिया पर्वको रौनक

तपाईको प्रतिक्रिया