खनार / विगत एक वर्षदेखी ज्यान मुद्धाको आरोपी सुनसरीको इटहरी उपमहानगरपालिका ११ कि मन्दिरा चौधरीले जिल्ला अदालत सुनसरीवाट सफाइ पाएकिछिन् ।
२०८१ साल भदौ २६ जिल्ला अदालत सुनसरीमा भएको अन्तिम फैसलामा न्यायाधिश मुकेश उपाध्यायको एकल इजलासले निवेदकको अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । मन्दिराको पक्षमा कानुन व्यवसायि मणिराज दुलालले बहस गरेका थिए भने विपक्षीका तर्फवाट सरकारी वकिल सहित ५ जना कानुन व्यवसायीले अन्तिम बहस गरेका थिए ।
यो सफाइसगैं एक वर्षदेखी स्थानिय भुमि चौधरीको हत्याको मुख्य योजनाकारको रुपमा स्थापित गर्न खोजिएको मन्दिरा चौधरी निर्दोश सावित भएकिछिन् । अदालतको फैसला पछि खुशी हुदै चौधरीले सम्मानित न्यायालयले आफुलाइ न्याय गरेको बताकिछिन् ।
आफ्नो कुनै संगलनता नभएको हत्या जस्तो गम्भिर मुद्धामा आफुलाइ मुछेर केहि व्यत्तिले व्यत्तिगत र राजनैतिक स्वार्थ पुरा गर्न खोजेको भन्दै चौधरीले कानुनी राज्यमा गलत मनसाय भएका व्यत्तिको कहिले पनी जित नहुने समेत बताएकिछिन् । स्थानिय समाजसेवी भुमि चौधरीको हत्या भएको दिनदेखी करिव २५ दिन प्रहरी हिरासतमा विताएकि चौधरी धरौटिमा छुटेकि थिइन् । प्रहरी हिरासतको हरेक क्षण आफुलाइ अन्याय र दमन विरुद्ध लड्न प्रेरणा दिएको बताउदै चौधरीले अवको आफ्नो वाकि जिवन राजनिति र समाज सेवामा समर्पित गर्ने बताइन ्।
मृतक भुमि चौधरीका छोरा सुरेन्द्र चौधरीले २०८० पुष १९ गते आमाको हत्याको आरोपमा मन्दिरा सहित ४ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । मन्दिरासगैंं इटहरी १२ खनारका महेश चौधरी र ललिता चौधरीले समेत सफाइ पाएका छन् । हत्या गर्नै २४ वर्षिय गणेश चौधरीलाइ भने जिल्ला अदालत सुनसरीले २५ वर्ष कैद सजाय सुनाएको  छ । यिनै गणेश चौधरीले भुमि चौधरीलाइ भाला रोपेर हत्या गरेको थिए ।
प्रहरीको अनुसन्धानमा गणेश चौधरीले आफु रिसिविका कारण मृतकका छोरा सुरेन्द्र चौधरीलाइ मार्न गएको र उनी फेला नपरेपछि आवेगमा आएर भुमि चौधरीलाइ प्रहार गरेको बताएका थिए । मन्दिरा चौधरीसगैं सफाइ पाएका महेश र ललिता चौधरी मुख्य आरोपी गणेश चौधरीका माता र पिता हुन । मुख्य आरोपी गणेशका माता र पितालाइ मतियार तथा मन्दिरालाइ घटनाको मुख्य योजनाकारकारुपमा मुद्धा दायर गरिएको थियो ।

तपाईको प्रतिक्रिया