खनार / सुनसरीको इटहरी उपमहानगरपालिका(वडा नम्बर १२ खनारमा साइकल यात्रीलाइ ठक्कर दिदा घाइते भएका ६५ वर्षीय रामप्रसाद घिमिरेको उपचारको क्रममा बुधबार राती मृत्यु भएको छ ।

खनार स्थित रिलायन्सको गेट अगाडि भएको दुर्घटनामा साइकल यात्री घिमिरेलाइ विराटनगरबाट इटहरीतर्फ आउदै गरेको प्र१(०१(००१च ७६५५ नंको कारले ठक्कर दिएको थियो । ठक्करपछि घाइते घिमिरेलाइ कार चालक इटहरी निवासी पूर्णबहादुर कार्की आफैले विराटनगरस्थित विराट नर्सिङ होम पुर्याएका थिए ।

अस्पताल पुर्याएको केहि समय पछि घिमिरेको मृत्यु भएको थियो । घटना पछि कार चालक कार्की आइहाल्छु भनेर हिडेका थिए । अस्पतालमा बिरामी भर्ना गराएर फरार कार चालक कार्की सम्पर्कमा नआएपछि खोजी कार्य तिब्र बनाइएको इटहरी प्रहरीले जनाएको छ । घिमिरेलाइ फ्याक्ट्रीबाट बाटो काट्ने क्रममा सो कारले ठक्कर दिइएको र कार तिब्र गतीमा रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन ।

तपाईको प्रतिक्रिया