सुनसरी  / सुनसरी जिल्लामा रहेका ५२ प्रतिशत सार्वजनिक भवनहरु सुधार गर्नु गर्नु पर्ने एक अध्यन प्रतिवेदनले देखाएको छ ।
विशेष गरेर विद्यालयका भवनहरु जिर्ण कमजोर र भुकम्पलगायतका विपतलाइ थेग्न नसक्ने अध्यन प्रतिवेदनले औल्याएको छ । सुनसरीलगायत मुलुकको १३ जिल्लामा राष्ट्रि«य विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको दक्ष प्राविधिहरुद्धरा अध्यन गरेको हो । अध्यन प्रतिवेदनका वारेमा आज इटहरीमा एक कार्यक्रमको अयोजना गर्दै प्राधिकरणले सुनसरी रहेका २० प्रतिशत सरकारी तथा सर्वाजनिक भवनहरु भत्काउनु पर्ने समेत सुझाव दिएको छ । विपदका द्धृष्टिकोणले निकै जोखिम रहेको  राष्ट्रि«य विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका इन्जिनियर सुदिप विक्रम पाठकले बताउनु भयो ।
सुनसरीको १२ स्थानिय तहरु मध्ये सवैभन्दा सुरक्षित गढि गाउँपालिको भवनहरुलाइ देखिएको छ भने देवानगन्जका सरकारी भवनहरु असुरक्षित रहेको अध्यनले देखाएको छ । जिल्लामा रहेका भवनहरुलाइ लाइ विपदवाट जोगाउने प्रारम्भिकरुपमा मर्मत सम्भार गर्नुु पर्ने समेत अध्यनले देखाएको छ । जसकालागी ३ अर्व ६७ करोड रुपैया लाग्ने छ ।
तत्काल यति ठुलो रकम व्यवस्था हुन नसक्ने बताउनु हुदै सुनसरीका प्रमुखि जिल्ला अधिकारी रामचन्द तिवारीले पालिकाहरुले अव वनाउने सार्वजनिक भवनहरु भुकम्पलगायतका विपतका जोखिमलाइ मध्यन गरेर वनताउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सुनसरीका पालिकाहरुको प्रमुख उपप्रमुख,कार्यकारी अधिकृत, इन्जिनियर,तथा विपद व्यवस्थापन शाखाका विज्ञहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया