सुनसरी  /  इस्कोन इटहरीले जगन्नाथ रथयात्रा निकाल्ने भएको छ । आगामी असार २९ गते इटहरीमा  दोस्रो जगन्नाथ रथयात्रा निकाल्ने इस्कोन इटहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
भगवान् जगन्नाथ, बलदेव र सुभद्रालाई रथारोहण गराइ, भजनकिर्तन,विभिन्न झाँकी सहितको रथले इटहरी नगरको परिक्रमा गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
रथयात्रा इस्कोन इटहरीको कार्यालय हटिया लाइनबाट सुरु भई मुख्य चौक सहित विभिन्न स्थानको पक्रिमा हुँदै राधाकृष्ण शिव मन्दिर परिसरमा पुगेर समापन गरिने इस्कोन इटहरीले जानकारी दिएको छ ।
रथयात्राका लागि देशका विभिन्न स्थानहरूबाट भक्तजनहरू इटहरी आउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । करिब १० हजार मानिसको उपस्थिति हुने इस्कोन इटहरीले जनाएको छ ।
भारतको उडिसामा आयोजना हुने वृहत् जगन्नाथ रथयात्रा भएको लगत्तैको शनिवार पारेर इटहरीमा रथयात्रा गर्ने गरिएको इस्कोन इटहरीले जानकारी दिएको छ । महोत्वसमा वृहत धार्मिक पुस्तकको प्रर्दशनी समेत गरिने छ ।

तपाईको प्रतिक्रिया