इटहरी / पछिल्लो समय सवारी दुर्घटनासगैं अपराधिक घटना वढेपछि इटहरी उपमहानगरपालिकाको खनार क्षेत्रमा व्यापक सुरक्षा कडाइ गरिएको छ ।
एक साता अघि सड्क दुघटनामा परी स्थानिय सन्झना यादवले ज्यान गुमाएपछि भएको बस आगजनी ,तोडफोड र दमकल माथिको तोडफोडले सुरक्षा निकाय सर्तक बनेको छ । स्थानिय प्रहरी युनिटकहरुको आवश्यक कार्यगत एकताको अभावमा घटन नियन्त्रण गर्न असफल भएको भन्दै माथिल्लो तहवाट खनार प्रहरी चौकि,ट्राफिक प्रहरी र सिआरभि प्रहरी युनिटका प्रहरीहरु परिवर्त गरेका थिए ।
त्ययपछि खटिएका खनार प्रहरी चौकिका प्रमुख प्रहरी नायव निरीक्षक (सइ) उत्तम कार्कि, खनार ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ)राजाराम यादव र सिआइभिका प्रहरी सहायक निरीक्षक नामिबाबु कटुवालको सयुंत्त सुरक्षा टोलिले खनार क्षेत्रका सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्न खटिएका छन् ।
अहिले सुरक्षा निकायको पहिलो तारो भने सावारी साधन परेका छन् । खनार चौक तथा यातायात व्यवस्था कार्यालय इटहरी ,ट्रासपोर्ट लाइनमा मुख्य सडकमा राखिएको मालवाहक सवारी साधन धमाधम कावार्हिमा पर्न थालेका छन् । त्यसतै झमता भन्दा वढि यात्रु वोक्ने वस र विद्यालयका वसहरु समेत कार्वाहिमा पर्न थालेका छन ्।
त्यसतै मादक पदार्थ सेवन गरी सवारी चलाउने सवारी चालकहरुलाइ समेत धमाधम कार्वाहि गर्न थालिएको ट्राफिकका प्रहरी सहायक निरीक्षक रजाराम यादवले जानकारी दिनु भएको छ ।
त्यसतै विहान ९ बजेदेखी ११ बजे सम्म र वेलुका पिक आवरमा ट्रिपर सञ्चालनमा समेत रोक लगाएको उहाँले जानकारी दिनु भएको छ ।
त्यसतै खनार प्रहरी चौकिका प्रमुख प्रहरी नायव निरीक्षक उत्तम कार्किले अव अपराधका विषयमा कुनै सम्झौता नहुने बताउनु भएको छ । इटहरीमा देखिएको चोरी,लुटपाट र लागुऔषधिको विरुद्ध स्थानिय प्रहरी कडा रुपमा प्रस्तु हुने बताउनु भएको छ ।
स्थानिय सरकारसगं सहकार्य गरेर अगाडि बढ्दै सुशासन कायम गर्न अहिलेका सुरक्षा युनिटहरु प्रतिबद्ध रहेको आफुले पाएको इटहरी १२ खनारका वडा अध्यक्ष भुवनराज पोख्रेलले प्रतिक्रिया दिनु भएको छ । स्थानिय स्तरमा सुशासन कायम गर्न आफ्नो तहवाट समेत पुर्ण समर्थन हुने उहाँले बताउनु भयो ।