सुनसरी। नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नं. ३ का सभापति दीपक ढकालले पार्टीको अधिवेशन सम्पन्न भएसँगै सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर आगामी निर्वाचनमा जुट्नुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेस बर्जु गाउँपालिकाद्वारा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्दै सभापति ढकालले पार्टीलाई नयाँ ऊर्जा र उत्साहका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले विगतमा जस्तै सुनसरी क्षेत्र नं. ३ मा पार्टीको एकता कायम राख्दै आगामी निर्वाचनमा उपलब्धिमूलक परिणाम हासिल गर्न सबै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो। त्यसका लागि आफू अहोरात्र खटिन तयार रहेको उल्लेख गर्दै उहाँले पार्टीलाई बलियो बनाउन सबैलाई आह्वान गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले पार्टीभित्र अब गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेता तथा कार्यकर्ताबीच आपसी सद्भाव, एकता र संगठन सुदृढीकरणका विषयमा जोड दिइएको थियो। कामना आदानप्रदान कार्यक्रमपछि नेपाली केन्द्रीय सदस्य भेदनारायण गच्छदार र नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ सभापति क्षेत्रको भ्रमण समेत गर्नुभएको थियो भ्रमणका क्रममा समाधानको विकल्पहरु खोज्ने समेत बताउनु भएको छ





