स्पेन । प्रवासी नेपाली मञ्च स्पेनको नयाँ कार्यसमिति गठन गरिएको छ। अधिवेशनले सूर्यप्रसाद सापकोटालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको हो।
अधिवेशनमा नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली मञ्च युरोपका अध्यक्ष चित्र सुबेदी, पश्चिम प्रवास सदस्य गङ्गा भुसाल, युरोपका सचिव अर्जुन आचार्य, अन्तर्राष्ट्रिय नेपाली मञ्च बेल्जियमका अध्यक्ष मनिष गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

त्यस्तै, पश्चिम प्रवास प्रदेश कमिटी सदस्य वीरमान घर्ती मगर, नेपाल समाज एसोसिएसन कोस्टाब्लाङ्काका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनका संरक्षक सल्लाहकार केसरबहादुर थापा, पश्चिम प्रवास प्रदेश सदस्य अशिम लोप्चन तामाङ, एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ, प्रवासी नेपाली मञ्चका निवर्तमान अध्यक्ष केदारनाथ ढुंगाना तथा एनआरएनए स्पेनका पूर्व अध्यक्ष शालिकराम डुम्रे लगायत विभिन्न जातीय तथा क्षेत्रीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
अधिवेशनबाट उपाध्यक्षमा गोविन्द अधिकारी र अनिता तामाङ चयन हुनुभएको छ। महासचिवमा ताराप्रसाद पराजुली, कोषाध्यक्षमा सञ्जिव सिग्देल तथा सचिवमा सूर्यबहादुर श्रेष्ठ, सिबलाल विक र शंकर श्रेष्ठ चयन हुनुभएको छ। सह–कोषाध्यक्षमा प्रमोद नेपाल चयन हुनुभएको छ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा सन्देश परियार, तेजेन्द्र मैनाली, जीवन सापकोटा, जीवन लिम्बु, दीपक डंगोल, सूर्य पौडेल, सोनल पुन, शंकर राजेन्द्र केसी, सुरक्षा तिवारी र मीरा दुलाल चयन हुनुभएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनका निवर्तमान अध्यक्ष विशाल ढुंगानाले प्रमुख अतिथि, अतिथिहरू, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि र सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत प्रसारित हुने केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण गराउँदै आधिकारिक सूचना र संगठनका गतिविधिबारे जानकारी लिँदा सम्बन्धित आधिकारिक स्रोतलाई आधार बनाउन आग्रह गर्नुभयो।
नवनिर्वाचित अध्यक्ष सूर्यप्रसाद सापकोटासहितको नयाँ कार्यसमितिले स्पेनमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी हितलाई प्राथमिकतामा राख्दै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।






