इटहरी /तेेजेन्द्र शेर कार्की सुनसरी–३(क) प्रदेश उपसभापतिमा सर्वसम्मत
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ३(क) प्रदेश कार्यसमितिको उपसभापतिमा तेजेन्द्र शेर कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ।
उपसभापतिमा निर्वाचित भएपछि कार्कीले पार्टी संगठनलाई अझै सुदृढ र व्यवस्थित बनाउँदै प्रदेश कमिटीलाई मजबुत बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीचको सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै संगठनलाई थप प्रभावकारी बनाउन आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने बताउनुभएको छ।
कार्की निर्वाचित भएपछि समर्थक तथा शुभेच्छुकहरूले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। केन्द्रीय निर्वाचन समितिले महाधिवेशनअन्तर्गत वडा, क्षेत्रीय तथा प्रदेश तहका अधिवेशनका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
प्रदेश उपसभापतिको जिम्मेवारी प्राप्त गरेका कार्कीले आगामी दिनमा संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।

तपाईको प्रतिक्रिया