इटहरी । थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाको पहिचानलाई नयाँ पुस्तामाझ प्रवर्द्धन गर्दै विवाहित महिलाको आत्मविश्वास, व्यक्तित्व, नेतृत्व क्षमता र प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगितामा खनारकी प्रीति कुमारी चौधरी पनि प्रतिस्पर्धामा छिन्।

थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा यसअघि सम्पन्न अडिसनबाट १८ जना विवाहित महिला छनोट भएका छन्। ती प्रतिस्पर्धीमध्ये प्रीति चौधरी प्रतियोगी नम्बर १ का रूपमा प्रतिस्पर्धाको मैदानमा उत्रिएकी छिन् । बिबिएको अध्ययन  सकेकी चौधरी थप उच्च शिक्षा हासिल तयारीमा रहेकी छिन्

प्रीति केवल बाह्य सौन्दर्यका कारण मात्र चर्चामा आएकी प्रतिस्पर्धी होइनन्। अध्ययनप्रतिको रुचि, आत्मविश्वास, प्रस्तुतिकरण क्षमता, सामाजिक चेतना र प्रतिभालाई समेत आफ्नो पहिचानका रूपमा अघि बढाउँदै उनी प्रतियोगितामा सहभागी भएकी छन्। जितिया पर्वसँग जोडिएको थारु संस्कृति, महिला सशक्तीकरण र नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने उद्देश्यले आफूलाई प्रस्तुत गर्दै आएकी प्रीतिलाई उनका समर्थकहरूले विशेष सम्भावना बोकेकी प्रतियोगीका रूपमा लिएका छन्।

प्रतियोगिताले विवाहित महिलालाई केवल सौन्दर्यको मापदण्डमा सीमित नराखी व्यक्तित्व, नेतृत्व, प्रतिभा, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई समेत प्राथमिकतामा राखेको आयोजकले जनाएको छ। यही सन्दर्भमा प्रीतिको सहभागितालाई पनि आफ्नो व्यक्तिगत उपलब्धिभन्दा माथि उठेर थारु संस्कृति र महिला प्रतिभाको प्रतिनिधित्वका रूपमा हेर्न सकिन्छ।

‘मिसेस जितिया–२०२६’ को विजेताले ५० हजार रुपैयाँ नगदसहित ताज तथा ह्याम्पर, प्रथम उपविजेताले ३० हजार र दोस्रो उपविजेताले २० हजार रुपैयाँ नगदसहित ताज तथा ह्याम्पर प्राप्त गर्नेछन्। साथै पब्लिक च्वाइस विधातर्फ समेत पुरस्कारको व्यवस्था गरिएको छ।

प्रीतिका लागि तपाईंको एउटा मत, उनको यात्राको महत्वपूर्ण साथ

प्रतियोगितामा प्रीतिलाई समर्थन गर्न AVENTOZ एप वा वेबसाइटमार्फत मतदान गर्न सकिने जनाइएको छ। मतदान प्रक्रियामा ‘Mrs. Jitiya 2026’ छनोट गरी प्रतियोगी नम्बर १ प्रीति कुमारी चौधरीलाई मत दिन सकिन्छ। प्रचार सामग्रीअनुसार नेपाल तथा विदेशबाट समेत मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

सुन्दरता आँखाले देख्ने कुरा हो, तर ज्ञान, आत्मविश्वास र प्रतिभा व्यक्तित्वले चिनाउने कुरा हुन्। त्यसैले प्रीतिको समर्थकहरूले उनको सौन्दर्यसँगै अध्ययन, प्रतिभा, आत्मविश्वास र सांस्कृतिक प्रतिनिधित्वलाई पनि मूल्यांकन गर्दै प्रतियोगितामा आफ्नो समर्थन जनाउन आग्रह गरेका छन्।

यदि तपाईं प्रीति चौधरीको प्रतिभा, आत्मविश्वास र यात्रालाई समर्थन गर्नुहुन्छ भने—‘मिसेस जितिया–२०२६’ मा प्रतियोगी नम्बर १ प्रीति कुमारी चौधरीलाई आफ्नो मतमार्फत साथ दिनुहोस्।

मतदान गर्ने तरिका

Step 1: AVENTOZ App डाउनलोड गर्नुहोस्
Step 2: VOTING ट्याबमा जानुहोस्
Step 3: MRS. JITIYA 2026 छनोट गर्नुहोस्
Step 4: Preeti Kumari Chaudhary – No. 1 मा गएर मतदान गर्नुहोस्। अथवा तस्बिरमा देखेको qr सिधै स्क्यान गरेर समेत बोटिङ गर्न सक्नुहुनेछ।

प्रीति चौधरीका लागि तपाईंको मत केवल एउटा क्लिक होइन—उनको प्रतिभा, आत्मविश्वास र यात्राप्रतिको तपाईंको समर्थन हो।

तपाईको प्रतिक्रिया