इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिकाका २० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सबै वडामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

कुनै पनि वडामा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपर्ने अवस्था नआएपछि इटहरीका सबै २० वटै वडामा सहमतिमै वडा सभापति चयन गरिएको हो। वडा अधिवेशनबाट वडा सभापतिसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्।

इटहरी वडा नम्बर १ मा झमकबहादुर कार्की सर्वसम्मत सभापति चयन भएका छन्। सो वडाबाट २५ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

त्यसैगरी वडा नम्बर २ मा भोला पाण्डे सभापति चयन हुँदा ४२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। वडा नम्बर ३ मा बाबूराम नेपाल सभापति बनेका छन् भने २४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर ४ मा गणेशप्रसाद दाहाल सर्वसम्मत सभापति चयन भएका छन्। सो वडाबाट ५१ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। वडा नम्बर ५ मा रामबहादुर थापा सभापति चयन भएका छन् भने ४२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर ६ मा रेवती दुलाल र वडा नम्बर ७ मा नरबहादुर राई सभापति चयन भएका छन्। दुवै वडाबाट क्रमशः ४२ र २४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर ८ मा निराजन खड्का सभापति चयन भएका छन् भने ३३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। वडा नम्बर ९ मा मनमोहन श्रेष्ठ सभापति चयन हुँदा ४२ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर १० मा रमेश चौधरी र वडा नम्बर ११ मा मनोनारायण चौधरी सभापति चयन भएका छन्। दुवै वडाबाट २४–२४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर १२ मा संजय गौतम सभापति चयन हुँदा २४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। वडा नम्बर १३ मा अरुण भक्त राजलवट सभापति बनेका छन् भने २४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर १४ मा राजेन्द्र चौधरी र वडा नम्बर १५ मा सत्यनारायण चौधरी सभापति चयन भएका छन्। वडा नम्बर १४ बाट २४ तथा वडा नम्बर १५ बाट २३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा नम्बर १६ मा लक्ष्मीनारायण चौधरी सभापति चयन भएका छन् भने २४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। वडा नम्बर १७ मा बमबहादुर ढकाल सभापति बनेका छन् भने ३३ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

त्यस्तै वडा नम्बर १८ मा वेचुलाल चौधरी, वडा नम्बर १९ मा भरत राई र वडा नम्बर २० मा प्रविण राउत सर्वसम्मत सभापति चयन भएका छन्। वडा नम्बर १८ बाट २४, वडा नम्बर १९ बाट ३३ र वडा नम्बर २० बाट ७६ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

वडा अधिवेशनमा सर्वसम्मति

इटहरीका २० वटै वडामा नेतृत्व चयनका क्रममा निर्वाचनको अवस्था नआउनुलाई कांग्रेसको स्थानीय संगठनभित्र सहमतिको प्रयासका रूपमा हेरिएको छ। वडा तहमा सभापति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपछि अब पार्टीको ध्यान नगर अधिवेशनतर्फ केन्द्रित भएको छ।

वडा तहबाट चयन भएका प्रतिनिधिहरूले आगामी अधिवेशनमा पार्टीको नगर तथा माथिल्लो तहको नेतृत्व चयन प्रक्रियामा भूमिका निर्वाह गर्नेछन्।

विशेषगरी सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएपछि इटहरी कांग्रेसको नगर नेतृत्वका लागि आकांक्षीहरूको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। नगर नेतृत्व चयनमा वडा तहबाट निर्वाचित प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी दिनमा राजनीतिक गतिविधि थप तीव्र हुने देखिन्छ।

यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरीमा वडा तहको अधिवेशनले २० वटै वडाको नेतृत्व र क्षेत्रीय प्रतिनिधिको संरचना तय गरेको छ।

तपाईको प्रतिक्रिया