
सुनसरी । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित एक स्टिल फेब्रिकेसन तथा ट्रेनिङ सेन्टरमा करेन्ट लागेर २० वर्षीय युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब ५ः५० बजे राज बि.क.ले सञ्चालन गर्दै आएको निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुरको चौदण्डीगढी नगरपालिका–२ घर भई हाल सोही क्षेत्रमा बस्दै आएका बलबहादुर बि.क.का छोरा शिवम बि.क.लाई मोटरको स्विच अन गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेपछि शिवमलाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल, विराटनगर लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले जाँच गर्ने क्रममा बिहान करिब ६ः४२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।





