इटहरी । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संस्थापक को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको र कानुनी रूपमा स्वतः रद्द भइसकेको तथ्य सार्वजनिक भएको छ ।

को अभिलेखअनुसार साम्पाङले पछिल्लोपटक २०७१ पुस ६ गते आफ्नो श्रेणी ‘ए’ अन्तर्गतको लाइसेन्स जरिवाना तिरेर नवीकरण गरेका थिए । त्यसपछि निर्धारित अवधिभित्र पुनः नवीकरण नगरेपछि उनको लाइसेन्स २०७३ पुस १२ देखि म्याद सकिएको अवस्थामा रहेको देखिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार तोकिएको समयभित्र नवीकरण नगरिएको चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था रहेको छ । यातायात स्रोतका अनुसार म्याद समाप्त भएको पाँच वर्षभित्र जरिवाना तिरेर नवीकरण गर्न सकिने भए पनि साम्पाङले करिब १० वर्षसम्म लाइसेन्स नवीकरण नगरेको पाइएको हो ।

यस विषयमा अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले थप छानबिन गरिरहेको जनाएको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार लाइसेन्सको वैधता समाप्त भइसकेको विषयमा कानुनी परामर्शसमेत भइरहेको छ ।

हालै उदयपुरको मदन भण्डारी लोकमार्ग क्षेत्रमा मोटरसाइकल चलाउँदा एक हातले भिडियो खिचेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि साम्पाङ ट्राफिक निगरानीमा परेका थिए । त्यसपछि ले उनको नाममा ट्राफिक चिट जारी गरेको थियो ।

सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनको पालना गर्नुपर्ने दायित्व अझ बढी हुने भन्दै सामाजिक सञ्जालमा यस घटनाबारे व्यापक प्रतिक्रिया समेत देखिएको छ ।

तपाईको प्रतिक्रिया