
इटहरी / पूर्वी नेपालका पहाडी जिल्ला इलाममा अविरल वर्षापछि गएको भीषण पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। सशस्त्र प्रहरी बलले संकलन गरेको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म २८ जनाको ज्यान गएको पुष्टि भएको छ।
तथ्यांक अनुसार —
-
सूर्योदय नगरपालिका–१ मा ५ जना,
-
इलाम नगरपालिका–१ मा ६ जना,
-
देउमाइमा २ जना,
-
फाकफोकथुममा १ जना,
-
मान्सेबुङमा ३ जना,
-
माइजोगमाइमा ८ जना, र
-
सन्दकपुरमा ३ जना को मृत्यु भएको सशस्त्र प्रहरीको इलाम टोलीले जनाएको छ।
लगातारको वर्षाका कारण घरहरू पुरिँदा ठूलो मानवीय क्षति भएको हो। पहिरोले गाउँका बस्तीहरू विस्थापित बनाएको छ भने सडक र संचार अवरुद्ध भएका छन्।
सुरक्षा निकाय — नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी — उद्धारमा खटिएका छन्। घाइतेहरूको उद्धारका लागि हेलिकप्टरमार्फत उद्धार र उपचारका लागि अस्पताल पुर्याउने काम जारी छ।





