
इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
शनिबार बिहान ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी (ना. १ ज ६७५७) तमोर करिडोरमा दुर्घटना भएको हो। गाडी सडकबाट अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ।
घटनास्थलमै ६ जनाले ज्यान गुमाएका छन् भने गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। मृत्यु भएकाको सनाखत अझै भइनसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुमानअनुसार तीव्र गतिका कारण गाडी अनियन्त्रित भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।





