इटहरी । धरानबाट पाँचथरतर्फ जाँदै गरेको बलेरो जीप तमोर नदीमा खस्दा उद्धार कार्यमा कठिनाइ भएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार जीप सडकबाट करिब पाँच सय मिटर तल नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। तीव्र बग्ने नदी र भीरालो भू–भागका कारण उद्धार सहज नभएको उनले बताए।

प्रत्यक्षदर्शीहरूले गाडी खसेको देखेको पुष्टि गर्दै तत्काल उद्धार टोली र आवश्यक उपकरण पठाउन आग्रह गरेका छन्। दुर्घटना कार्तिके नजिकै भएको बताइन्छ।

स्थानीयबासी र प्रहरी घटनास्थलतर्फ पुगेका छन्। तर अन्धकार र नदीको तेज बहावका कारण उद्धारमा ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।

यात्रुको संख्या र घाइते–वेपत्ताको अवस्था बारे प्रष्ट विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

 

तपाईको प्रतिक्रिया