काठमाडौं, असोज १८ – सरकारले जिल्लास्थित सबै कार्यालय प्रमुखहरूलाई आजै (असोज १८) भित्र कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आफ्ना मातहतका कार्यालय प्रमुखहरूलाई तत्काल कार्यस्थल पुग्न व्यवस्था मिलाउन भनिएको हो।

यसअघि जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको थियो। सम्भावित प्राकृतिक विपद्‌लाई मध्यनजर गर्दै कार्यालय प्रमुखहरूलाई समयमै कार्यस्थल पुगेर पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न सरकारको निर्देशन आएको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त निर्देशनअनुसार सूचना जारी गरिएको स्पष्ट गर्दै मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले जिल्ला समन्वय अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले पनि उक्त निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया