इटहरी /सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा खनारमा सोमबार साँझ भएको घरेलु विवादले एक महिलाको ज्यान गएको छ।

खोटाङ ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी २५ वर्षीया श्रीमती अनिसा भट्टराईलाई काठको चिरपटले प्रहार गरेका थिए। टाउको, नाक र कानमा गम्भीर चोट लागेका कारण भट्टराईलाई तत्कालै प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको थियो।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उपचारका क्रममा राति ९ः१० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्।

घटनापछि आरोपी दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना स्थल प्रहरी चौकी खनारबाट करिब एक सय मिटर दक्षिणमा रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया