इटहरी  / नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको निर्णयअनुसार देशभरका विभिन्न इकाईमा कार्यरत डीएसपीहरूको सरुवा भएको हो ।

यस सरुवामा पूर्वदेखि पश्चिमसम्मका महत्वपूर्ण इलाका प्रहरी कार्यालय र वृत्त समेटिएका छन् ।

  • इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल
  • प्रहरी वृत्त बौद्धमा सन्तोष रोका
  • पर्वतमा विजय यादव
  • मुगुमा रविराज थपलिया
  • प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारी

त्यस्तै,

  • डडेलधुरामा वरुण सिंह
  • भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की
  • प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल
  • दरबारमार्ग वृत्तमा नारायण डाँगी
  • प्युठानमा नरहरि अधिकारी

यस्तै,

  • प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरा
  • प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठ
  • इलाका प्रहरी कार्यालय कोहलपुरमा चक्र बहादुर डम्बरपाल
  • दार्चुलामा गौरव महतलाई सरुवा गरिएको छ ।

आईजीपी खापुङको निर्णयअनुसार भएको यो सरुवालाई संगठनभित्रको व्यवस्थापकीय आवश्यकता र जिम्मेवारी पुनः बाँडफाँटको रुपमा हेरिएको छ !

तपाईको प्रतिक्रिया