सुनसरी /सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा सशस्त्र प्रहरी बल नेपालको नयाँ बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरी मातहत रहने उक्त द्यइए को उद्घाटन सशस्त्र प्रहरीका डीआईजी कुमार न्यौपानेले गर्नुभयो ।
यसअघि सो स्थानमा सशस्त्र प्रहरीले सुरक्षा वेष क्याम्प मार्फत सेवा प्रवाह गर्दै आएको थियो । स्थानीय समाजसेवी सविता यादवले १ कट्ठा जग्गा दान गर्नुभएको र थप ४ कट्ठा जग्गा सशस्त्र प्रहरीले खरिद गरी जम्मा ५ कट्ठा क्षेत्रफलमा कार्यालय भवन र ब्यारेक निर्माण गरिएको गण हेड क्वाटरले जानकारी दिएको छ ।
सुनसरीमा सशस्त्र प्रहरी बल नम्बर ४ गण मातहत हाल २ वटा प्रस्तावित गुल्म र ९  वटा बोर्डर आउट पोस्ट सहित ११ वटा युनिट रहेका छन् ।
द्यइए स्थापना भएपछि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने, स्थानीयलाई सहज र विश्वसनीय सुरक्षा सेवा प्राप्त हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया