सुनसरी,  विशेष सूचनाको आधारमा खनार प्रहरी चौकी र सीआरभी खनारको संयुक्त टोलीले इटहरी–११ स्थित ३० वर्षीय मो. अवजल मियाको घरमा छापा मारेर ठूलो मात्रामा लागू औषध बरामद गरेको छ।

बुधवार दिउँसो करिब २ बजे गरिएको खानतलासीमा १,२६० क्याप्सुल ट्रामाडोल५१० क्याप्सुल डिकोलिक लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घटनास्थलबाट चारजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको खनार प्रहरी चौकीका वरिष्ठ सई जलान्धर वरालले जानकारी दिनुभयो।

पक्राउ पर्नेहरूमा —

  • मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी,

  • इटहरी–११ का १८ वर्षीय करण राई,

  • इटहरी–१४ का २२ वर्षीय रुजित सरदार, र

  • सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखिया रहेका छन्।

प्रहरीले घटनास्थलबाट कम्पाउण्ड छेउमा राखिएका दुई मोटरसाइकल — प्रदेश १–०४–००१ प ४५९१को २९ प ७८०९ — पनि बरामद गरेको छ।

घरधनी मो. अवजल मिया भने हाल फरार रहेको र उनको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले तीव्र पारेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गरिएका औषधिहरूको प्रारम्भिक मूल्याङ्कन भइरहेको छ र पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया