इटहरी / इन्ट्याक क्लब अफ विश्व आदर्शको पाँचौं पदस्थापन कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ। क्लबका निवर्तमान अध्यक्ष आश्रित न्यौपानेको अध्यक्षता र रोटरी क्लब अफ इटहरीका अध्यक्ष डिसी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको विशेष अवसरमा केही दिनअघि सर्वसम्मत रुपमा चयन गरिएको नयाँ कार्यसमितिको औपचारिक रुपमा पदस्थापन गरियो। निवर्तमान अध्यक्ष न्यौपानेले नयाँ अध्यक्ष सुशान्त कर्णलाई पद हस्तान्तरण गरेपछि, अध्यक्ष कर्णले नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका थिए।

नयाँ कार्यसमितिमा उपाध्यक्ष निश्चिता निरौला, सचिव साइमा कार्की, सह(सचिव सिद्धान्त निरौला, कोषाध्यक्ष आदित्य सापकोटा र सह(कोषाध्यक्ष रोमिसा कार्की रहेका छन्। साथै, विभिन्न संयोजकहरूलाई समेत औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्दै सपथ गराइएको थियो।

कार्यक्रममा विश्व आदर्श कलेजका प्राचार्य गणेशकुमार दुलाल, सहायक प्रधानाध्यापक मोहनप्रसाद निरौला, इन्ट्याक क्लब अफ इटहरीकी पूर्व अध्यक्ष सिमला धिताल लगायत विशिष्ट व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया